एसियाली खेलकुद: महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

काठमाण्डौं। १९ औँ एसियाली खेलकुदको महिला फुटबलअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोली भियतनामसँग पराजित भएको छ।

समूह डी को पहिलो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित भयो। पहिलो हाफ गोलरहित बराबरी भए पनि भियतनामले दोस्रो हाफमा २ गोल गर्‍यो।

नेपालले अब सोमवार समूह चरणको दोस्रो खेलमा जापानसँग खेल्नेछ। त्यस्तै समूहको अन्तिम खेल बिहीवार बङ्गलादेशसँग हुनेछ। चीनको हान्झाउ सहरमा भोलि शनिवार मात्रै एसियाली खेलकुदको औपचारिक उद्घाटन हुनेछ।