शिक्षा विधेयकका विरुद्ध सिंहदरबारको मूलगेटमा पेगेका नेता हरिकृष्ण गजुरेलसहितका १७ जना पक्राउ

काठमाडौं। विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध प्रदर्शनमा उत्रिएका क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य तथा अखिल क्रान्तिकारीका केन्द्रीय फ्याक्सन इन्चार्ज हरिकृष्ण गजुरेलसहित १६ जना पक्राउ परेका छन्।

आज सिंहदरवारको गेटमा पुगेर विद्यार्थीहरूले जनविरोधी तथा प्रतिगामी शिक्षा विधेयक खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका थिए। विद्यार्थीको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी १६ जना विद्यर्थीहरुलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य तथा अखिल (क्रान्तिकारी)का फ्याक्सन इन्चार्ज हरिकृष्ण गजुरेल, संयोजक मिलन राई, सहसंयोजक पेशल दाहाललगायतका नेताहरु रहेका छन्।

शिक्षकहरुको जारी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको नेता हरिकृष्ण गजुरेलले बताएका छन्।

निषेधित क्षेत्र भित्र गएर विद्यालय शिक्षा विधेयक खारेजीको मागसहित विरोध प्रर्दशन गरेपछि प्रहरीले बल प्रयोग गरेर आफुहरूलाइ गिरफ्तार गरेको नेता गजुरेलले बताए। उनले भने अहिले हामीलाइ प्रहरीले सिंहदरबार वृत्तमा राखेको छ।

पक्राउ पर्ने अन्य नेताहरुमा प्रभात भट्टराई, विरेन्द्र शाह,राजन रउत,गोविन्द विष्ट,स्मृति कार्की,सर्जन पाण्डे, लक्ष्मि पाण्डे, मिलन वुढा, स्टालिन बस्नेत, रोशन यादव, लक्ष्मण वम, समिर विक लगायत रहेकाे नेता गजुरेलले बताए।