खुकुरी प्रहार गरी एक महिलाको हत्या

काठमाडौं। दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ। तुलसीपुर–११ बेलटाकुराको भगवती टोलका करिब ३९ वर्षीय टेकबहादुर हमालले सोही ठाउँकी अन्दाजी ४३ वर्षीया रिता लामिछानेलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आज दिउँसो उनले सोही ठाउँका अन्दाजी ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय कमला कुमारी हमालमाथि पनि खुकुरी प्रहार गरेका छन्।

खुकुरी प्रहारबाट वीरबहादुरको दाहिने हातमा चोट लागेको छ। दुवै जनाको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गर्ने टेक बहादुरलाई प्रहरीले पक्राउ गरेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।