जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

काठमाडौं। सल्यानमा जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

सल्यान प्रहरीका अनुसार रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।

जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ । मृतक दुबै जना पुरुष हुन्। उनीहरूको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ वर्षीय नारायण योगी गम्भीर घाइते छन्। उनलाई कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ।