साफ यू-१९ फुटबलमा आज नेपाल र माल्दिभ्स भिड्दै

फाइल तस्वीर

काठमाडौं। साफ अण्डर यू-१९ फुटबल च्याम्पियनसिपमा सोमबार नेपाल र माल्दिभ्स भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रगशालामा दिउँसो साँढे १ बजे हुने यो खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण रहेको छ। प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ। पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल अंकबिहिन अवस्थामा रहेको छ।

पाकिस्तान भने दोस्रो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै दुई खेलबाट ४ अंकसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ। माल्दिभ्सको एक अंक छ।

सोमबार नेपाल विजयी भएको अवस्थामा सेमिफाइनलमा पुग्नेछ भने खेल बराबरी भएको अवस्थामा माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ।

प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, भुटान र भारत छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।