काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं। दाङमा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन्। काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख-०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए।

अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन्। बाँकी यात्रु सकुशल रहेको प्रवक्ता मल्लले बताए।

बसमा करिब ३०/३५ जना सवार रहेको सवार थिए। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ।