दर्शन : ऐतिहासिक भौतिकवाद

” संसारको व्याख्या त सबैले गरे , मुख्य कुरा त यसलाई बदल्नु पो हो त ।”  

“आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो ।” – कार्ल मार्क्स 
 
मार्क्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद ,अतिरिक्त मूल्यको सिध्दान्त , वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद मार्क्सवादका आधारभूत मान्यता हुन् । मार्क्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो। 
 
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनलाई स्टालिनले ” मार्क्सवादी – लेनिनवादी पार्टीको विश्वदृष्टिकोण हो “भन्नुभएक मार्क्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद गरी दुई भागमा विभाजित छ।
 
यस लेखमा ऐतिहासिक भौतिकवादकाबारेमा लेख्ने प्रयत्न गरिएको छ। र यस लेखमा ऐतिहासिक भौतिकवाद भनेको के हो ? यसको ऐतिहासिक विकास कसरी भयो ? यसको अध्ययनको क्षेत्र के हो ? मार्क्सद्वारा अनुसन्धान पश्चात् यसले कसरी क्रान्ति ल्यायो ? यसको सिध्दान्त र पध्दति के हो ? यसको विषयवस्तु र कडी आदि के हो भन्ने बारेम सर्वसाधारण पाठक र अध्ययताुले बुझ्न सक्ने गरी सरल भाषामा लेख्ने प्रयत्न गरिएको छ।
 
(१) ऐतिहासिक भौतिकवाद भनेको के हो ? 
 
अब ऐतिहासिक भौतिकवाद के हो भन्ने विषयमा संक्षिप्त रुपमा चर्चा गरौं । ऐतिहासिक भौतिकवाद मानव समाजको विकासको वैज्ञानिक नियम र प्रक्रियासंग सम्बन्धित विषय पर्दछ। मानव समाजको विकासको प्रक्रिया अति लामो र ऐतिहासिक प्रक्रियाहरु पार गर्दै अगाडि बढिरहेको छ।
 
मानव समाजको विकासको ऐतिहासिक प्रक्रियाका गतिका सामान्य नियमहरुको अध्ययन गर्ने विज्ञानलाई ऐतिहासिक भौतिकवाद भनिन्छ।  दार्शनिक फाँटमा ऐतिहासिक भौतिकवादमा इतिहास तथा समाज विकासका उत्प्रेरक शक्तिहरुको अध्ययन गरिन्छ।
 
साथै द्वन्द्वात्मक भौतिकवादक‍ा विशेषताहरुले मानव समाज र इतिहासमा आरोपित गर्नु नै ऐतिहासिक भौतिकवाद हो। ऐतिहासिक भौतिकवाद मार्ल मार्क्सको मौलिक देन हो। कार्ल मार्क्स ऐतिहासिक भौतिकवादका आविष्कारका हुनुहुन्छ।
 
किनकि मानव समाजको विकासका बारेमा उहाँ भन्दा पहिलेका मानवशास्त्रीह रुले गरि नै सकेका थिए। थिए ,तर उनीहरूले समाज परिवर्तनका नियमहरु पत्ता लगाउन सकेका थिएनन्। मार्क्सले मानव समाज वर्गीय रहदै आएको र वर्गसंघर्षले नै मानव समाजको परिवर्तनको पहिलो अस्त्र भएको पत्ता लगाउनु भयो र भन्नु भयो , ” संसारको व्याख्या त सबैले गरे , मुख्य कुरा त यसलाई बदल्नु पो हो त।
 
(२) ऐतिहासिक भौतिकवादको विकास कसरी भयो ? 
 
 ऐतिहासिक भौतिकवादको खोज तथा विकासका लागि वैचारिक विषय प्राथमिक विषय हो। यसका लागि वैचारिक पृष्ठभूमि आवश्यक पर्छ। वैचारिक पृष्ठभूमि प्रदान गर्ने काममा अठारौं शताब्दीका यान्त्रिक भौतिकवादीहरु , उन्नाइसौं शताब्दीका काल्पनिक समाजवादीहरु र विभिन्न राजनीतिक अर्थशास्त्रीहरुको महत्त्वपूर्ण भूमिका रहेको थियो। इतिहासकारअरु गिजो , फ्वास्वाँ मिन्ने , अगस्तिन थिएर  आदिले क्रान्तिका प्रेरक शक्तिका रुपमा समाजमा विद्यमान वर्गसंघर्षलाई प्रस्तुत गरेका थिए। यसलाई नै ऐतिहासिक भौतिकवादको उदयका लागि विशेष महत्त्वको श्रोत मानिन्छ । तर ऐतिहासिक भौतिकवादको अनुसन्धानकर्ता (आविष्कारक) कार्ल मार्क्स (१८१८- २८८३) नै हुनुहुन्छ।
 
मार्क्स भन्दा पहिले एकातिर द्वन्द्ववाद थियो भने अर्कोतिर भौतिकवाद थियो । जर्मन दार्शनिक हेगेलले द्वन्द्ववादको विकास गरेका थिए भने फायरवाखले भौतिकवादको विकास गरेका थिए। हेगेल द्वन्द्ववादी थिए तर चिन्तनका क्षेत्रमा आदर्शवादी थिए  फायरवाख भौतिकवादी थिए तर चिन्तनका क्षेत्रमा उनी अधिभूतवादी थिए । त्यसरी दुबैजना बेग्लाबेग्लै थिए । त्यसो हुँदा त्यतिखेर इतिहासलाई न त द्वन्द्वात्मक तरिकाले हेर्ने , अध्ययन गर्ने र बुझ्ने गरिन्थ्यो , न त भौतिकवादी सिध्दान्तको आधारमा व्याख्या नै गरिन्थ्यो । 
         
मार्ल मार्क्स नै त्यो पहिलो व्यक्ति हुनुहुन्थ्यो , जसले एकातिर हेगेलको द्वन्द्ववादका बोक्राहरुलाई फ्याँकेर त्यसको सारतत्वलाई ग्रहण गर्नुभएको थियो भने अर्कोतिर फायरवाखको भौतिकवादका आदर्शवादी छोक्राहरुलाई हटाएर त्यसको सारभूत तत्वहरुलाई ग्रहण गर्नुभै ती दुबैलाई एकै ठाउँमा मिलाउनु भएको थियो । त्यसरी मार्क्सले द्वन्द्वात्मक भौतिकवादका नियमहरुलाई  मानव समाजमा आरोपित गर्नु भयो । त्यसरी मार्क्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विकास ( आविष्कार गर्नु भयो । 
         
अत: द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको आधारमा मानव जातिको इतिहास र सामाजिक जीवनको अध्ययन गर्ने प्रक्रियामा ऐतिहासिक भौतिकवादको जन्म भएको हो । असलीमा ऐतिहासिक भौतिकवादको उदयका लागि भौतिक रुपमा पुँजीवादी समाजमा विकसित उत्पादन पध्दतिका साथै पुँजीपति वर्ग र सर्वहारा वर्गबीचको संघर्षले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
 
(३) ऐतिहासिक भौतिकवादको अध्ययनक‍ो क्षेत्र :
         
ऐतिहासिक भौतिकवादले कुन कुन क्षेत्रको अध्ययन गर्दछ भन्ने प्रश्न ज्यादै महत्त्वपूर्ण प्रश्न हो । मार्क्सवादीद्वारा ऐतिहासिक भौतिकवादको खोजले इतिहासको अध्ययनमा विद्यमान आदर्शवाद र अधिभूतवादको अन्त्य गरिन्छ । साथै यसले सामाजिक जीवन र समाजशास्त्र सहित विभिन्न सामाजिक विज्ञानहरुलाई समेत दार्शनिक तथा सैध्दान्तिक आधार प्रदान गर्दछ ।
   
मार्क्स भन्दा पहिले आदर्शवादी  दार्शनिकहरुले मात्रै नभएर भौतिकवादी दार्शनिकहरुले पनि समाज र सामाजिक घटनाहरुका विषयमा आफ्ना विचारहरुदाई व्यवहारको कसौटीमा जाँच्ने , बुझ्ने र अध्ययन गर्ने प्रयत्न गर्दनथ्ये । न त त्यस प्रकारको आवश्यकता कै महसूस गर्दथ्ये।
 
अनि उनीहरूले विचारलाई कुन कुराले जन्म दिन्छ , तिनको अध्ययन गर्ने , खोजी गर्ने गर्दैनथ्ये । त्यसो।हुँदा उनीहरू असाधारण व्यक्तिहरुको भूमिकामा अल्मलिन्थ्ये र उनीहरूले इतिहासका निर्माता आम जनसमुदाय हुन भन्ने कुरा बझ्दैनथ्ये । त्यस‍ो भएर मानव समाजको विकासका बारेमा वैज्ञानिक रुपमा ऐतिहासिक भौतिकवादको निरुपण गर्नु नै ऐतिहासिक भौतिकवादको असली अध्ययनको क्षेत्र पर्दछ। 
     
ऐतिहासिक भौतिकवादको अध्ययन वर्गसंघर्षको अध्ययनसंग सम्बन्धित रहेको छ । यो अध्ययनले इतिहासका नियमहरुलाई ठिकसंग बुझ्नका निम्ति राम्रो मद्दत पुग्दछ । ऐतिहासिक भौतिकवाद र ऐतिहासिक आदर्शवादका बीच के अन्तर छ ? यस विषयमा कमरेड माओ त्सेतुङले लेख्नु हुन्छ,”वर्गहरुको बीचमा संघर्ष हुन्छ ,केही वर्गहरु विजयी हुन्छन् र अरु केही वर्गहरु नष्ट हुन्छन्।
 
इतिहास यस्तै छ,हजारौं वर्षको सभ्यताको इतिहास यस्तै छ। यस दृष्टिकोण अनुसार इतिहासको व्याख्या गर्नु ऐतिहासिक भौतिकवाद हो , यस दृष्टिकोणको विरुद्ध चल्नु ऐतिहासिक आदर्शवाद हो ।- माओ त्सेतुङका चुनिएका रचनाहरु , भाग ४ , पृष्ठ ४६९ , प्रगति प्रकाशन नेपाल २०६०। कमर् माओका यी भनाइहरुले माथिका विषयहरुमा अध्ययन गर्न राम्रो मद्दत पुग्दछ।
 
(४  ऐतिहासिक भौतिकवादको अनुसन्धानले ल्यायो इतिहासको क्षेत्रमा क्रान्ति : 
 
मार्ल मार्क्सद्वारा ऐतिहासिक भौतिकवादको खोज र अनुसन्धानले दार्शनिक फाँटमा ठूलो क्रान्ति ल्याइदियो ।किनभने मार्क्स पूर्वका विचारकहरु , दार्शनिकहरुले मानिसहरुका अनेकौं लक्ष्य , इच्छा , विचार ,प्रेरणाहरु पुरा गर्ने , तिनलाई प्रेरित गर्ने शक्ति के हो ? भन्ने प्रश्नको जवाफ दिन सकिरहेका थिएनन्। 
 
त्यो बेला इतिहासको क्षेत्रमा यान्त्रिक भौतिकवाद , आदर्शवाद र अधिभूतवाद व्याप्त थिए । आदर्शवादीहरुका साथै भौतिकवादीहरु पनि इतिहासको प्रश्नमा आदर्शवादी रहेका थिए । यतिसम्म कि उनीहरू प्रकृति दर्शनको क्षेत्रमा जस्तै इतिहास दर्शनको क्षेत्रमा पनि वास्तविक अन्तसम्बन्धलाई स्थापित गर्नुको सट्टा काल्पनिक र रहस्यमूलक अन्तसम्बन्धलाई स्थापित गराउँदै आउने काम भएको थियो।
 
साथै इतिहास दर्शनको क्षेत्रमा हेगेल र फनयरवाख समेत दुबै आदर्शवादमा फसेका थिए ।यस विषयमा फ्रेडरिक एंगेल्सले अगाडि लेख्नु हुन्छ , ” पुरानो भौतिकवाद इतिहासक‍ो क्षेत्रमा स्वयं आफूप्रति आस्थावण रहेन , किनकि त्यसले त्यसक्षेत्रमा कार्यशील आदर्शमूलक प्रेरक शक्तिहरुलाई घटनाहरुको अधिकार मानेर बस्यो।
 
यसले उल्टो इतिहासको दर्शन खास गरी हेगेलद्वारा प्रस्तुत इतिहासको दर्शन के मान्दछ भने इतिहासको मञ्चमा क्रियाशील मानिसहरुका प्रत्येक्ष र वास्तविक चालक प्रेरक शक्तिहरु ऐतिहासिक घटनाहरुका आदिकारण कदापि होइनन्। तर पनि ती शक्तिहरुका पछाडि अरु प्रेरक शक्तिहरु छन् जसको खोज हुनुपर्छ। तर उनलेे ती शक्तिहरुको खोज इतिहास भित्र गर्दैनन्। तर पनि तिनलाई बाहिरबाट,दार्शनिक विचारधाराबाट इतिहासभित्र ल्याउने कोसिस गर्दछ ।
 
– मार्क्स – एंगेल्स संकलित रचनाएं , खण्ड ३ , भाग २ , पृष्ठ २५१ , प्रगति प्रकाशन मास्को , १९७८। एंगेल्सले यहाँ इतिहासको क्षेत्रमा विद्यमान यान्त्रिक भौतिकवाद र आदर्शवादको विरोध गर्नुभएको छ।
           
इतिहासको क्षेत्रमा आदर्शवादी हुँदाहुँदै पनि हेगेलले प्रेरक शक्तिहरुका पछाडि अरु प्रेरक शक्तिहरु रहेको र तिनको ख‍ोज गर्नुपर्ने कुरा बताएका थिए । ठिक यसै विन्दुमा आएर कार्ल मार्क्सले त्यस प्रकारका प्रेरक शक्तिहरुको प्रेरकको रुपमा मानिसका उत्पादनमूलक गतिविधिहरुलाई बताउन पुग्नु भएको थियो।
 
त्यतिबेला यद्यपि यो अन्तसम्बन्ध अर्थात् प्रेरक शक्ति पत्ता लगाउने काम अवश्यै त थियो तर पुँजीवादी क्रान्ति यता समाजमा पहिले भूस्वामी र पुँजीपति वर्ग  तथा पछि पुँजीपति वर्ग र सर्वहारा वर्गबीच जुन टक्करहरु उद्घाटित हुँदै गए त्यसबाट के कुरा स्पष्ट भयो मानिस ती इच्छा , विचार र आकाँक्षालाई प्रेरित गर्ने प्रेरक शक्ति ती वर्गसंघर्षका भौतिक तथा आर्थिक जीवननिर्वाहका आवश्यकताहरुसित उत्पादक शक्ति र उत्पादन सम्बन्धसित अथवा वर्गसंघर्षसित अभिन्न रुपमा गाँसिएका छन्। जब यी कुराहरु प्रष्ट हुँदै गए त्यस स्थितिमा इतिहासको क्षेत्रमा काल्पनिक वा रहस्यमय अन्तसम्बन्ध पनि स्वयं ध्वस्त हुन पुग्यो र त्यो ठाउँमा वास्तविक अन्तसम्बन्ध कायम हुन पुग्यो।
 
यसको निरुपण कार्ल मार्क्सले गरे पछि इतिहासको क्षेत्रमा ठूलो क्रान्ति नै ल्याइदियो   हेगेलको आदर्शवादलाई उल्ट्याउदै मार्क्सले मानिसका गतिविधिहरु वस्तुतः आफ्ना आवश्यकताहरु पुरा गर्न गरिएका आर्थिक गतिविधिहरु नै हुन र तिनलाई उत्पादनका लागि संघर्ष र वैज्ञानिक प्रयोग हो भन्ने कुराको निरुपण गर्नुभएपछि इतिहासको क्षेत्रमा ठूलो क्रान्ति पैदा हुन पुग्यो।
 
यी विचारहरुका बारेमा मार्क्सले आफ्नो प्रसिद्ध कृति ” जर्मन विचारधारा ” यसरी स्पष्ट रुपमा लेख्नुभएको छ ,जीवन चेतनाद्वारा निर्धारित हुँदैन , अपितु चेतना जीवनद्वारा निर्धारित हुन्छ ।- मार्क्स – एंगेल्स संकलित रचनाएं , खण्ड १ , भाग १ , पृष्ठ २७ , प्रगति प्रकाशन मास्को १९७८ ।
 
  (५) ऐतिहासिक भौतिकवादको सिध्दान्त :
 
 ऐतिहासिक भौतिकवादको सिध्दान्तको कुरा गरिरँदा सामाजिक सत्ता र सामाजिक चेतनाबीच विद्यमान सम्बन्धको अध्ययन गर्ने दर्शनशास्त्रको मौलिक प्रश्नसंग सम्बन्धित रहेको छ।
 
इतिहास सम्बन्धि दर्शनशास्त्रको यस प्रकारको मौलिक प्रश्नमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले सामाजिक सत्तालाई प्राथमिक तथा सामाजिक चिन्तनलाई द्वितीय मान्दै सामाजिक सत्तालाई सामाजिक चिन्तनभन्दा स्वतन्त्र स्वीकार गर्दै तथा सामाजिक सत्तालाई ज्ञेय अर्थात् बोधगम्य बताउदै त्यसलाई बदल्न सकिने र मुख्यतः बदल्नु पर्ने कुराक‍ो पक्षपोषण गर्दछ।
 
(६) ऐतिहासिक भौतिकवादको पध्दति : 
 
           
यहाँ यो कुरा स्पष्ट हुन जरुरी हुन्छ कि ऐतिहासिक भौतिकवादको पध्दति भौतिकवादी द्वन्द्ववादको पध्दतिमा आधारित छ ।यो पध्दति सबैखाले अधिभूतवादका विरुद्ध खडा  छ । वास्तविकता के हो भने भौतिकवादी द्वन्द्ववादले इतिहास र सामाजिक जीवनलाई स्थिर , बनिबनाउ र परिवर्तनहिन होइन , गति , अन्तर्विरोध , द्वन्द्व र परिवर्तनको प्रक्रियामा हेर्दछ ।
       
भौतिकवादी द्वन्द्ववादका अनुसार हरेक समाजव्यवस्था स्थिरताक‍ो अवस्थामा होइन , गति , परिवर्तन र रुपान्तरणको अवस्थामा हुन्छ। भौतिकवादी द्वन्द्ववादले समाज विकासको सिंगो प्रक्रियालाई विपरीतहरुको एकत्वको अर्थमा अर्थात् परस्पर विपरीत तत्व ,शक्ति वा वर्गहरुको एकता ,संघर्ष र रुपान्तरण,पुरानो एकताको अन्त्य र नयाँ आधारमा नयाँ एकतामा अर्थमा ग्रहण गर्दछ। साथै ऐतिहासिक भौतिकवादको पध्दति तमाम प्रकारका अधिभूतवाद , यान्त्रिक भौतिकवाद , भँडुवा विकासवाद र सारसंग्रहवादकाविरुद्ध भौतिकवादी द्वन्द्ववादमा आधारित रहेको छ। यसैका आधारमा यसको समग्रमा विषयको बारेमा बुझ्न र अध्ययन गर्न जरुरी हुन्छ।
 
(७) ऐतिहासिक भौतिकवादको विषयवस्तु : 
 
ऐतिहासिक भौतिकवादको विषयवस्तु सामाजिक सत्तामा र सामाजिक चेतनाबीचको सम्बन्धमा आधारित छ ।यसले समाजमाको विकासका गतिका सामान्यतया नियमहरुको अध्ययन गर्दछ ।यो अध्ययन उत्पादक शक्ति र उत्पादन सम्बन्ध , आधार र उपरिसंरचना तथा उत्पीडक वर्ग उत्पीडित वर्गकाबीचको संघर्ष अर्थात् अन्तर्विरोधमा आधारित रहेको छ ।यसमा इतिहास निर्माणमा जनसमुदायक‍ो भूमिका , वर्गसंघर्ष , सर्वहारावर्गको अधिनायकत्व , वर्गहरु र।राज्यसत्ताको विलुप्ति जस्ता विषयहरुको अध्ययन हुन्छ । आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिक‍ो युगमा समाजमा सर्वहारा वर्गको ऐतिहासिक एवं क्रान्तिकारी दायित्व वैज्ञानिक समाजवादी र साम्यवाद यसका अध्ययनका सारभूत विषय हुन् ।
 
(८) ऐतिहासिक भौतिकवादको मुख्य कडी वर्गसंघर्षको सिध्दान्त : 
 
ऐतिहासिक भौतिकवादको आधारभूत सैध्दान्तिक मान्यताकाबारेमा चर्चा गरिरँदा के कुरा उल्लेख गर्न आवश्यक हुन्छ भने वर्ग र वर्गसंघर्षको खोजको श्रेय पुँजीवादी विचारकहरुलाई नै छ । तर वर्गसंघर्षको दिशालाई सुस्पष्ट रुपमा प्रस्तुत गर्दै वर्गसंघर्षको सिध्दान्तलाई वैज्ञानिक ढंगले व्यवस्थित तुल्याउने काममा मार्क्सको महत्त्वपूर्ण भूमिका रहेको छ।
 
वर्गसंघर्षको दिशा र सिध्दान्तलाई नयाँ उँचाई प्रदान गर्ने सवालमा मार्क्स अगाडि लेख्नु हुन्छ , ” जहाँसम्म मेरो प्रश्न हो , आधुनिक समाजमा वर्गहरुको अस्तित्वको खोजको श्रेयको अधिकारी म होइन। न त तिनका बीच संघर्षको खोज गर्ने श्रेय मलाई मिल्नु पर्छ।
 
म भन्दा धेरै पहिले नै बुर्जुवा इतिहासकारहरुले वर्गहरुको त्यो संघर्षको ऐतिहासिक विकासको।र बुर्जुवा अर्थशास्त्रीहरुले वर्गहरुको आर्थिक बनावटहरुको वर्णन गरिसकेका थिए।
 
मैले जुन नयाँ कुरा ल्याएँ , त्यो के सिध्द गर्नु थियो भने वर्गहरुको अस्तित्व उत्पादनको विकासको खास ऐतिहासिक प्रक्रियाहरुका साथ जोडिएको छ र वर्गसंघर्ष स्वाभाविक रुपमा सर्वहारा अधिनायकत्वको दिशामा परिलक्षित हुन्छ साथै यो अधिनायकत्व स्वयं सबै वर्गहरुको उन्मुलन तथा वर्गविहिन समाजतर्फ संक्रमण मात्र हो ।
 
” – मार्क्स – एंगेल्स चुनिएका रचनाहरु , भाग १ , पृष्ठ २६८, विविध पुस्तक भण्डार , अद्वैत मार्ग , काठमाडौं ,
 
नेपाल मार्क्स कै भनाइबाट पनि के स्पष्ट हुन्छ भने वास्तवमा वर्ग र वर्गसंघर्षको खोजकर्ता मार्क्स नभई पुँजीवादी चिन्तकहरु नै थिए। मार्क्सले वर्ग र वर्गसंघर्षलाई उत्पादनको ऐतिहासिक विकासप्रक्रियाको कडीसंग जोड्ने ,त्यसलाई सिध्दान्तको स्तरमा उठाउने र त्यसको गतिलाई सर्वहारा अधिननायकत्व तथा वर्गविहिन समाजको स्थापनातर्फ परिलक्षित गर्ने र अन्ततः वर्गउन्मुलनका साथ साम्यवादको स्थापना गर्ने कुरामा रहेको थियो। वास्तवमा मार्क्सको यो ऐतिहासिक भौतिकवादको क्षेत्रमा अत्यन्तै महान् उपलब्धि थियो। 
 
मार्क्सका यी भनाइहरुबाट हामीलाई स्पष्ट भयो कि मार्क्सवादी मान्यता अनुसार समाजको विकास र परिवर्तनको मुख्य कारण समाजमा विद्यमान अन्तर्विरोध हो । 
 
यसै प्रसंगमा कमरेड माओ अगाडि भन्नु हुन्छ , ” समाजमा हुने परिवर्तनहरुको मुख्य कारण समाजमा विद्यमान आन्तरिक अन्तर्विरोधहरु अर्थात् उत्पादक शक्ति र उत्पादन सम्बन्धहरुबीचको अन्तर्विर‍ध र पुराना तथा नयाँबीचको अन्तर्विरोभहरुको विकास हो , उपयुक्त अन्तर्विरोधहरुको विकासले नै समाजलाई अगाडि बढाउँछ र पुरानो समाजको ठाउँमा नयाँ समाजको स्थापनाको लागि प्रेरणा दिन्छ ।
 
” – माओ त्सेतुङ , चुनिएका रचनाहरु , भाग १ , पृष्ठ २५० , विविध पुस्तक भण्डार , अद्वैतमार्ग काठमाडौं , नेपाल , २०६३ ।
         
मार्क्सले ऐतिहासिक भौतिकवादको नियम अनुसार समाज विकासका चरणहरकाबारे व्याख्या गर्नु भयो । जस्तै : आदिम साम्यवाद , दास युग , सामन्तवादी युग , पुँजीवादी युग र समाजवादी युग गरी  पाँच चरणको व्याख्या वैज्ञानिक ढंगले गर्नुभएको छ । वर्गसंघर्ष परिणामस्वरूप यसरी मानव समाजको विकास र परिवर्तन भएको हो  भन्दै कार्ल मार्क्सले ” आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो ” भन्नुभएको छ ।
 
(९) ऐतिहासिक भौतिकवादको केन्द्रीय विषय तथा निष्कर्ष :  
 
ऐतिहासिक भौतिकवादको केन्द्रीय विषय वर्ग र वर्गसंघर्षको अध्ययन हो । इतिहासको विकासको खास अवस्थामा विकसित सामाजिक – आर्थिक संरचना र वर्गसंघर्षकोबीचबाट वैज्ञानिक समाजवादको जन्म हुन्छ र ऐतिहासिक भौतिकवादले वैज्ञानिक समाजवाद र साम्यवादको अवश्यम्भावीताको पुष्टि गर्दछ ।
     
आज नव मार्क्सवादीहरु , उत्तर मार्क्सवादीहरु , उत्तर आधुनिकतावादीहरु इतिहासको अन्त्यको घोषणा गरिरहेका छन् र इतिहासको वास्तविक निर्माता विशाल जनसमुदाय होइन , प्रविधि हो भन्न पुगेका छन्।
 
यस परिस्थितिमा इतिहासको निर्माता प्रविधि होइन , मानव जाति अर्थात् जनसमुदाय कै भूमिका प्रधान तथा निर्णनयक हुन्छ भन्ने कुरामा विश्व सर्वहारा वर्ग सचेत छ भन्ने कुरा भुल्नु हुँदैन र मार्क्सवादी – लेनिनवादी – माओवादी क्रान्तिकारी कम्युनिस्टहरु यो विषयलाई कार्यान्वयन गर्न कठिबध्द भएर अगाडि बढ्न जरुरी छ । यो पनि ऐतिहासिक भौतिकवादको केन्द्रीय विषय अन्तर्गत पर्दछ।