नेपालद्धारा मंगोलिया २ सय ७३ रनले पराजित

फाइल तस्बिर

काठमाडौं। एसियन गेम्सअन्तर्गतको पुरुष क्रिकेटमा नेपालले मंगोलियमाथि विश्व किर्तीमानसहितको जित निकालेको छ।

समुह ‘ए’ को पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले पराजित गर्‍यो। टि ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेटमा रनको आधारमा यो अहिलेसम्मकै फराकिलो जित हो।

टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन बनायो। नेपालका लागि कुशल मल्लले अविजित १ सय ३७ रन बनाउँदा कप्तान रोहित कुमार पौडेलले ६१ रन तथा दिपेन्द्र सिंह ऐरीले अविजित ५२ रन बनाए।

नेपालले बनाएको ३ सय १४ रन टि–ट्वेन्टी अन्तराष्ट्रियकै विश्व किर्तीमान हो। टि–ट्वेन्टीमा अहिलेसम्म कुनैपनि देशले ३ सय रन पार गर्न सकेका छैनन्। यसैगरि कुशलले बनाएको ३४ बलको शतक पनि टि–ट्वेन्टीतर्फको विश्व किर्तीमान हो।

९ बलमा अर्धशतक प्रहार गरेका दिपेन्द्र सिंह ऐरीले पनि सर्वाधिक कम बलमा अर्धशतक बनाउने किर्तीमान राखेका छन्। यसअघि उक्त किर्तीमान भारतका युवराज सिंहको नाममा १० बलको थियो। दिपेन्द्रले लगातार ६ छक्का प्रहार गरेका थिए।

जवाफमा ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलियाले १३ ओभर १ बलमा अलआउट हुनुपूर्व ४१ रन मात्रै जोड्न सक्यो। मंगोलियालाई सस्तैमा समेट्न नेपालका करण केसी, अविनाश कोहोरा र सन्दिप लामिछानेले २–२ विकेट लिए।

समुहको दोस्रो खेलमा नेपालले अक्टोबर १ तारिखमा माल्दिभ्सको सामना गर्नेछ। क्रिकेटतर्फ भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई सिधै वाटरफाइनलमा राखिएको छ।