सुनको मूल्य घट्यो,चाँदीको मूल्य बढ्यो कतिमा हुँदैछ कारोबार

काठमाडौं। शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्यमा तोलामा ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ।

आइतबार र सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार २०० रुपैयाँ थियो। मंगलबारदेखि घट्न लागेको सुनको भाउ त्यसयता निरन्तर ओरालो लागेको हो।

मंगलबार ४ सय, बुधबार ८ सय, बिहीबार एक हजार ४ सय र शुक्रबार ८ सयले सुनको भाउ घटेको हो। चार दिनमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको हो।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ३ सय र चाँदीको मूल्य एक हजार ३९५ रुपैयाँ तोकिएको छ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार १ सय र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ तोकिएको थियो।