अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ : किरण

काठमाडौं । राप्रपाका नेता रवि किरण हमालले अब स्थापित हुने राजसंस्थाको कार्यभार बारे खुलासा गरेका छन्। एक अन्तर्वार्तामा उनले भनेका छन्। अब स्थापित हुने राजसंस्थाले कुटनीति र प्रतिरक्षा हेर्नेछ,राजनैतिक दलहरूले आफ्नो स्वार्थ र वैचारिक झुकावका आधारमा परराष्ट्र नीति र प्रतिरक्षा नीति अंगाल्ने परिपाटीले देशको अस्तित्व संकटमा पर्दैछ झझ ।

प्रजातान्त्रिक सरकार आए अन्य प्रजातान्त्रिक शक्तिले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ता माथि प्रहार गरे आत्मसमर्पण गर्ने अथवा कम्युनिस्ट सरकार आए कम्युनिस्ट विचार बाहुल्य भएका देश सङ लम्पसार पर्ने परिपाटीको अन्त्य गर्नुपर्ने किरणले बताएका छन् ।

राजसंस्था सबैको साझा संस्था हो, यसले आजसम्म कुनैपनि देश अहित काम गरेको छैन । सदैव नेपाली माटोको रक्षाको नेतृत्व गर्दै आएको छ। देशलाई एकताबद्ध बनाउन राजसंस्था स्थापनाको विकल्प नरहेको पनि किरणले बताएका छन् ।

प्रधानमन्त्रीको भ्रमण असफल

बर्तमान प्रधानमन्त्रीको भ्रमण प्रति समेत किरणले टिप्पणी गरेका छन् । रातो कार्पेट बिछ्याएर पाँच तारे होटलमा बास दिनुले भ्रमण सफल भएको मान्न नसकिने उनले बताएका छन् ।

देशभित्र शिक्षक, कर्मचारी,डाक्टर सबै आन्दोलनमा उत्रिनु र चिटिक्क दौरासुरुवाल लगाएर बिदेश भ्रमण गर्नु वीच तादम्यता मिलेन । देशमा शान्ति,सुशासन र विश्वासको वातावरण निर्माण नगरेसम्म जतिसुकै बिदेश भ्रमण गरेपनि अर्थ नहुने किरणले बताएका छन् ।

रास्वपा सङ आशा नराखौँ

नयाँ उदाएको रास्वपामा माथि किरणले प्रहार गरेका छन् । नयाँ उदाएको दलको कमान्डर पासपोर्ट दुरुपयोग गरेको, नेपाली नागरिकता त्यागेर अमेरिकामा शरण लिएर नेपाल विरुद्ध गतिविधि गरेको पात्र हुन्। उनको नेतृत्वमा केही सिट आयो भन्दैमा देश बनाउन नसक्ने किरणले दाबी गरेका छन्।

चुनाव जित्नेहरू सबै ठिक भन्ने गलत मान्यता स्थापित नगर्न पनि किरणले चुनौती दिएका छन्। उनले बहालवाला सांसद देखि गृहमन्त्री भएका मान्छेहरु मानव बेचबिखनको मुद्दामा जेल बसिरहेको स्मरण गराउदै निर्वाचित हुने कुरा मात्र ठूलो नरहेको बताएका छन्।