एसियाली खेलकुद: क्रिकेटमा नेपालले भारतसँग खेल्ने

फाइल तस्वीर

काठमाडौं। एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ।आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो।

एक महिनाअघि एसिया कप क्रिकेट पहिलो पटक भारतसँग ओडीआई खेलेको नेपालले एसियन गेम्समा भारतसँग पहिलो पटक टी-२० आई खेल्ने भएको हो।

नेपाल र भारतको खेल मंगलबार बिहान चीनको समय अनुसार बिहान ९ बजे सुरु हुने छ।अरू क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने छन्।

भारत, पाकिस्तान,श्रीलंका,अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा छन्। त्यसैले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन्।

समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै नेपाल क्वार्टर फाइनलमा पुगेको हो।