दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते

काठमाडौं। दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। सोमबार बिहान पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलनजिक दुर्घटना भएको हो।

बसमा १६ जना यात्रु थिए। घाइते १४ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। बसका चालक रामेछाप सुनपति गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।