एमसीसीका कार्यकारी निर्देशक एलेक्स र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का कार्यकारी निर्देशक एलेक्स अलवाइडबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच पार्टी कार्यालय च्यासल, ललितपुरमा सोमबार साँझ भेटवार्ता भएको एमालेले बताएको छ। भेटमा एमसीसी परियोजना कार्यान्वयनका विषयमा कुराकानी भएको एमाले स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले बताए।

एमसीसीका कार्यकारी निर्देशक अलवाइडले एमसीसी परियोजना कार्यान्वयनको समयावधि अब एक वर्ष ११ महिना बाँकी रहेकाले तोकिएको समयमा सम्पन्न होस् भन्ने चाहना व्यक्त गरेकी थिइन्।

भेटमा अध्यक्ष ओलीले एमसीसी परियोजना सहमतिअनुसार अगाडि बढ्नुपर्ने धारणा राखेको भट्टराईले बताए ।