प्रतिनिधिसभा बैठक आज पनि बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बिहान ११ बजे सुरु हुन लागेको हो।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

यसअघि बिहीबार पनि प्रतिनिधिसभाको बैठक बसेको थियो।