बाँकेको नेपालगञ्जमा पुनः कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा फेरि कर्फ्यु आदेश जारी गरेको छ।

गत मंगलबारबाट लगाइएको कर्फ्यु बिहजो बिहिबार आंशिक रुपमा खुकुलो बनाइएको थियो । तर सामाजिक सञ्जालमा मुस्लिम समुदायमाथि लक्षित गरेर लेखिएको स्टाटसप्रति पुन: बिवाद भएपछि स्थानीय प्रशाशनले कर्फ्यु आदेश जारी गरेको हो।

गत आइतबारयता नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक पनि गरेको थियो।

शुक्रबार बिहान ६ बजेबाट बेलुका ८ बजेसम्म आदेश जारी गरेको छ। कुनै ब्यक्तिले सामाजिक सञ्जालमा मुस्लिम समुदायप्रति लक्षित गरेर स्टाटस लेखेको विषयलाई लिएर नेपालगञ्जमा तनाव उत्पन्न भएको हो।