शेयर बजारमा गिरावट, एक अर्ब १७ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेको छ। आज नेप्से १२।५८ अंकले घटेर एक हजार ९ सय ८ दशमलब ६६ विन्दुमा बन्द भएको हो।

त्यस्तै, आज एक अर्ब १७ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार आज कारोबार भएका ६६ कम्पनीको शेयरमूल्य बढेको छ भने १५८ कम्पनीकोे शेयरमूल्य घटेको छ। १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ। सयपत्रि हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ६.८८ प्रतिशतले बढेर प्रतिकित्ता ५१३ रुपैयाँ पुगेको छ।

बराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन्। यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ।

यस कम्पनीको आज ३ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।