नाम मात्रको फ्री भिसा र फ्री टिकट

सांकेतिक तस्वीर

काठमाडौं । सरकारले २०७२ सालमै खाडीका ६ वटा मुलुक र मलेसिया जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकटको व्यवस्था लागु गरेको थियो। तर म्यानपावरवालाले बिदेसिन चाहनेबाट अथाह पैसा असुल्दै आएका छन्।

त्यसकारण बिदेसिन लागेकाहरू म्यानपावर व्यवसायीलाई हाताहाती पैसा बुझाउनुपर्ने बाध्यताको सिकार बनेका छन्।

विदेश पठाउने आश्वासनमा म्यानपावरले सुरुमै युवाहरूसँग ४०/५० हजार रकम लिएका रहेछन् तर बैंकमार्फत होइन।

म्यानपावरवालाले बिदेसिनेसँग बैंकमार्फत नभई अनेक विश्वास दिलाउँदै हाताहाती पैसा उठाउने गरेका छन्।

‘टिकट र भिसा आइसक्यो, पैसा दिन किन किचकिच गरेको रु हामीले कुनै पनि बैंक खाता खोलेका छैनौँ । पैसा लिने-दिने हातैमा हो।

विदेश जान मन छैन भने भन, जाने भए छिटो पैसा देऊ,’ सोही म्यानपावरका अर्का कर्मचारी युवाहरूलाई हप्काउँदै भनिरहेका थिए।

सरकारबाट स्वीकृति लिएर सञ्चालित म्यानपावर कम्पनीहरूको बैंक खाता हुँदैन भन्नु आश्चर्यको विषय हो।

बिदेसिने तयारीमा रहेका र म्यानपावरमा भेटिएका एक युवा साथीमार्फत त्यहाँसम्म आइपुगेको बताउँदै थिए।

‘धेरै पैसा लाग्दैन। साउदी अरेबियामा राम्रो काम छ भन्दै म्यानपावर सञ्चालकले भनेको थियो। विदेश जान भनी ५० हजार पहिल्यै बुझाएँ। भोलि विदेश जानु छ तर आजसम्म टिकट र भिसा हात परेको छैन।

म्यानपावरले टिकट र भिसा देखाउँदै पैसा मागेको छ,’ उनले भने, मुखमा हालेको पहिलो गाँस नै निल्नु कि ओकल्नु भयो । आजको नागरिक दैनिकमा समाचार छ।