करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं। करेन्ट लागेर बाग्लुङको गलकोट नगरपालिका–३ हटिमा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार करेन्ट लागेर हटियामा रहेको गलकोट ग्रिल उद्योगमा कार्यरत सुर्खेतको गुरुवाकोट नगरपालिका–६ घर भई अहिले हटिया बस्दै आएका ४४ वर्षीय प्रेमबहादुर विश्वकर्माको मृत्यु भएको हो।

शुक्रबार दिउँसो उद्योगमा काम गर्ने क्रममा विश्वकर्मालाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका विश्वकर्माको स्थानीय इमर्जेन्सी पोलिक्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो।