मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट घाइते

सांकेतिक तस्बिर

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । मनाङ एयरको ९एन(एएनजे कलसाइन भएको हेलिकप्टर हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन जाँदा दुर्घटना भएको हो।

रुम्झाटारबाट लोबुचेका लागि उडेको हेलिकोप्टर आज बिहान सवा ७स्१३ बजे दुर्घटनामा परेको हो। उक्त हेलिकोप्टर दुर्घटना हुँदा पाइलट पिके सेढाइ घाइते भएका छन्।

सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो । प्रत्यक्षदर्शीले उपलब्ध गराएको एक भिडियोमा दुर्घटनापछि हेलिकोप्टरमा आगो लागेको देखिएको छ।

नागरिक उड्डयन प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ भने उनलाई ह्याम्स हस्पिटल उपचार गरिएको भएको छ।