नेपालले दियो हङकङलाई २१४ रनको लक्ष्य

फाइल तस्वीर

काठमाडौं। त्रिकोणात्मक श्रृंखलामा नेपालले कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ। हङकङले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो।

नेपालको सुरुवात नै राम्रो हुन सकेन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई मात्र २ रनमा आउट भए। तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमा आउट भए । त्यसपछि नेपालले आसिफ शेख (२०) र कप्तान रोहित पौडेल (११)को विकेट गुमाउँदा नेपालको स्कोर ५५/४ थियो ।

 तर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले नेपालको पारी सम्हाले। दुबैले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरे।

१७औं ओभरको पाँचौं बलमा छक्का हादै मल्लले ३० बलमा अर्धशतक पुरा गरेका थिए। कअर्को ओभरमा ऐरीले पनि समान ३० बलमा ५० रन कटाएका थिए।

ऐरी १९औं ओभरको अन्तिम बलमा आउट भए। कुल ३४ बलको सामना गरेका उनले दुई छक्का र ६ चौकाको मदतमा ५७ रन बनाए।

यस्तै अन्तिम बल खेल्नु अघि मल्ल ९२ रनमा पभेलियन फर्किएका थिए। ४१ बलको समना गरेका उनले ९ वटा चक्का र तीन चौका प्रहार गरे।