बाजुरामा ट्याक्टर दुर्घटना,एक जनाको मृत्यु

बाजुरा। बाजुरामा ट३याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको बडिमालिका नगरपालिका–६ मा पर्ने जडाङ्गा नजिकै आज (शनिबार) दिउँसो ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकसमेत रहेका सोही ठाउँका ३५ वर्षीय बहादुर दानीको मृत्यु भएको हो।

एमके कन्ट्रक्सनको कम्पनीमा कार्यरत दानीले चलाएको सु प्र प्र ०१ ००२ त ६८२६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिं बोहराले जानकारी दिए।