भूकम्पले धादिङमा २० घर भत्किए

काठमाडौं। आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ।

 पटक-पटक चार रिक्टरस्केल भन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय बासिन्दाले बताएका छन्।  

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, मकवानपुर, चितवनसम्म महसुस भएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए। धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई आज बिहान ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो।