ललितपुर महानगरपालिकामा नगर प्रहरीको भर्ना खोल्यो सूचनासहित

काठमाडौं । लतिलपुर महानगरपालिकाले नगर प्रहरीको भर्ना खुला गरेको छ ।महानगरपालिकाले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो ।

शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एकरएक जनाका लागि आवेदन आह्वान गरेको हो।

यही कात्तिक २४ गतेसम्म महानगरको कार्यालयबाटै र अनलाइनबाट दर्खास्त दिन सकिनेछ ।

१८ वर्ष पूरा भई ३० वर्ष ननाघेका र पूपू सैनिक तथा प्रहरी भए ४० वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन मिल्नेछ । न्युनतम शैक्षिक योग्यता ८ कक्षा उतीर्ण भएको हुनुपर्नेछ। दर्खास्त दिएकालाई मंसिर ४ गते सम्पर्कमा बोलाइएको छ ।