काठमाडौंमा दुई जना घर भित्रै मृत फेला

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौँका विभिन्न स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौँको टोखा नगरपालिका–३ सूर्यदर्शन हाईट बस्ने नुवाकोट विदुर नगरपालिका–९ घर भएका ४९ वर्षीय दीपक खड्का आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।

यसैगरी काठमाडौँ महानगरपालिका–१५ बिजेश्‍वरी डेरा गरी बस्ने दोलखा वैतेश्‍वरी गाउँपालिका–१ घर भएका ३० वर्षीय अरुण लामा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकोछ।