सुनको मूल्य अहिलेसम्मकै महँगो

काठमाडौं।स्थानीय बजारमा सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार छ। यो अहिलेसम्मकै महँगो मूल्य हाे।

अघिल्लो कारोबार दिन शनिबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।