मानव अधिकार उल्लंघन पीडितहरुले गराए महासचिव गुटेरसको ध्यानाकर्षण

काठमाडौं । गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरुले नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरुबारे ध्यानाकर्षण गराएका छन्।

राष्ट्रसंघका आवासीय संयोजक हाना सिगर हाम्दीमार्फत् उनीहरुले महासचिव गुटेरसलाई स्मरणपत्र दिएका हुन्।

संक्रमणकालीन न्याय, स्मृति, परिपुरण र फेरि नदोहरिने प्रतिवद्धतामा नेपाल सरकारको कार्यलाई संयूक्त राष्ट्रसंघको सहयोगका लागि उनीहरुको अपिल छ।

राष्ट्रसंघ आवासीय प्रतिनिधि हानाले पीडितहरुको मागमा राष्ट्रसंघको ऐक्यबद्धता रहँदै आएकाले आफूले महासचिवको ध्यानाकर्षण गराउने बताएकी छन्।

उनलाई उद्धृत गर्दै गम्भीर मानवअधिकार उलंघनका पीडितहरुको राष्ट्रिय संजालका संयोजक राम भण्डारीले माग सम्बोधनका लागि पहलमा सकेसम्म चाँडो प्रयासहरु गर्ने आश्वासन पाएको बताए।