सुदूरपश्चिममा दशैंको बेला सडक दुर्घटनामा परेर ९ जनाको मृत्यु

सांकेतिक तस्वीर

धनगढी। सुदूरपश्चिम प्रदेशमा दशैंका बेला सडक दुर्घटनामा ९ जनाको मृत्यु भएको छ।घटस्थापनादेखि पूर्णिमासम्म भएका दुर्घटनामा ९ जनाको मृत्यु र ११ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल उप्रेतीका अनुसार यस अवधिमा कैलालीसहितका पाँच जिल्लामा भएका गाडी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो।

कैलालीमा भएका १० दुर्घटनामा पाँच जनाको मृत्यु हुँदा डडेल्धुरा, बझाङ, अछाम र बाजुरामा थप एक÷एक जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक उप्रेतीले बताए।

गत वर्ष दशैं र तिहारका बेला भएका २४ वटा दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको थियो भने ४४ जना घाइते भएका थिए। यो वर्ष भने दशैंका बेला मात्र ९ जनाले दुर्घटनामा ज्यान गुमाएका छन्।