नेपाल सुपर लिगमा आज धनगढी र वीरगन्ज भिड्दै

काठमाडौं। नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन आज एक मात्र खेल हुँदै छ। आजको खेलमा साबिक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगन्ज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।

यसअघि हिजो भएको खेलमा ललितपुर सिटी एफसीले सुखद सुरुवात गरेको थियो। बुटवल लुम्बिनी फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै ललितपुरले प्रतियोगितामा शानदार जित निकालेको हो।

हिजै भएको अर्को खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० गोलअन्तरले हराएको थियो।