आजियाटाविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौं। एनसेल आजियाटाविरुद्ध सांसद अमरेश सिंहले दायर गरेको रिटमाआज सुनुवाइ हुँदैछ। एनसेलको ८० प्रतिशत सेयर रहेको कम्पनी आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले आजका लागि पेसी तोकेको थियो।

सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभागसमेतलाई विपक्षी बनाएका छन्।