पहिचानवादीलाई ठेगान लगाउँनुपर्छ: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीहरूलाई ठेगान लगाउँनु पर्ने बताएका छन्। एमालेले महाकालीको झुलाघाटदेखि मेचीको चिवाभन्ज्याङसम्म पदयात्रा गरिरहेको छ। एमालेको पदयात्रा सुदूरपश्चिमको झुलाघाटबाट गण्डकी हुँदै बागमती आइपुग्दा हरेक सभा सरकारविरुद्ध खनिएका छन्।

पदयात्राको क्रम अब बागमती, मधेश हुँदै कोशी पुगेर समापन हुनेछ। तर, अन्य प्रदेशमा समस्या नदेखिएपनि कोशीमा पहिचानवादीसँग समस्या उत्पन्न हुने आशंका छ भने दुर्गा प्रसाईको अभियानसमेत सम्भावित सुरक्षा चुनौतिको विषय बनिरहेको छ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्दै आक्रामक पदयात्रा गरिरहेको एमालेले सरकारबाट जनता वाक्क भइसकेको आक्षेप लगाउदै आएको छ।

गठबन्धनको नाममा सरकारले वितण्डा मच्चाएको भन्दै सरकारविरुद्धको संगठित आक्रोश पोखिरहेको एमालेले सरकारमा आफ्नो सहभागीता नभए देश वर्बाद हुने दाबा गरिरहेकोे छ।

सुशासन कायम हुन नसकेको दाबी गर्दै आएको एमालेले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीसम्म आइपुग्दा सहज स्थितिमा कार्यक्रम सम्पन्न गरेपनि बागमती, मधेश र कोशीमा केहि सुरक्षा सतर्कता आवश्यक हुनसक्ने सुरक्षा निकायको विश्लेषण देखिन्छ।

बागमती र मधेशमा दुर्गा प्रसाईँ नेतृत्वको अभियान टोलीले अवरोध पु¥याउन सक्ने झिनो आशंका छ। केहि समय पहिले दुर्गा प्रसाईँले प्रदर्शन गरेको दिनमै महेश बस्नेतको नेतृत्वमा एमालेको युवा संघले प्रदर्शन गर्दा स्थिति तनावग्रस्त नै बगनेको थियो।

उसोतः एमाले र केपी ओलीमाथि चर्को आक्रोश पोखिरहेका प्रसाईँले ओली सहभागी कार्यक्रममा आफ्ना समर्थकको बलमा अवरोध पु¥याउने त होइनन् भन्ने शंका भएपनि प्रसाईँ पछिल्लो समय आफै सेलाए जस्तो देखिन थालेका छन्।

तर, यो बाहेक कोशीमा भने सुरक्षा चुनौति प्रवल देखिन्छ। कोशीमा एमालेमाथि पहिचानवादीहरुले गर्ने सम्भावित अवरोधबारे बुझेका ओलीले पहिचानवादका नाममा एमालेलाई कोशीमा निषेध गर्न खोजिए सामना गर्ने चेतावनी नै दिएका छन् ।

ओलीले यस्तो चेतावनी दिइरहँदा केहि समय पहिले गृहजिल्ला ताप्लेजुङको एक कार्यक्रममा पुगेका एमाले सचिव योगेश भट्टराईमाथि पहिचानवादीबाट दुव्र्यहार प्रयास नै भएको देखिन्छ।

तर, ओलीले पहिचानवादीलाई विदेशीको इशारामा चलेको आक्षेप लगाउदै चेतावनी दिनुले पनि कोशीमा एमालेको कार्यक्रममा समस्या निम्तिन सक्ने आंकलन सुरक्षा निकायको छ।

आक्रामक देखिएका ओलीले प्रदेशको नाम कोशी उचित भन्दै कुनै व्यक्ति विशेष नाम राख्न नसकिने जवाफ फर्काएपछि पहिचानपक्षधर थप आक्रोशमा देखिन्छन्।

उनीहरुले एमालेलाई कोशीको नाममा पुनर्विचार गर्न आह्वान गर्दै आएपनि एमाले नेतृत्व यो विषय सुन्न तयार नदेखिदा समस्या थप बल्झिने देखिन्छ।

कोशीमा एमालेको कार्यक्रम हुने समयमै पहिचानवादीले पनि कार्यक्रम गर्ने तय गरेपछि एमालेमाथि कोशीमा थप चुनौति बढेको छ।

पहिचानवादी र प्रसाई समर्थकबाट हुने सुरक्षा चुनौति केलाएर बसेको सुरक्षा निकायले कस्तो कदम चाल्छ भन्ने विषयले पनि एमालेको पदयात्रा कोशीमा सफल असफल कस्तो हुने भन्ने निक्र्यौल हुनेछ।