प्रधानमन्त्रीको सचिवालयले भन्यो अमरेशकुमार अराजनीतिक बार्गेनिङ गर्दै

फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्रीको सचिवालयले एनसेल प्रकरणबारे स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै सांसद सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री,उनको परिवार र सचिवालयविरुद्ध अनर्गल प्रचार गरेको भन्दै आपति जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘मा. अमरेशकुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुटको खेती गर्दै आएका छन्।

उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ। उनको यो निन्दनीय आरोप र गतिविधिको घोर भर्त्सना गर्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न हामी सम्मानित प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण गराउँछौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को २८ मा भाग लिन दूबईमा रहेको बेला गरिएको किनबेचको प्रपञ्चलाई अहिले छानिबन र कारबाहीको प्रक्रिया अगाडि बढाइएको पनि सचिवालय स्पष्ट पारेको छ।

सांसद अमरेश कुमार सिंहले आइतबार समाजिक सञ्जालमा प्रधानमन्त्रीको छोरी तथा स्वकीय सचिव गंगा दाहालले स्टाटस लेखेका थिए। उनले लेखेका छन्, ‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दहालले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेका छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ। समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु।