यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बांकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

राति पनि कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बांकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।