नेपाल सुपर लिगमा आज झापा एफसी र धनगढी भिड्दै

काठमाडौं। नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज झापा एफसी र धनगढीबिच प्रतिस्पर्धा हुने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पाँ बजेबाट सुरु हुनेछ।

यसअघि हिजो भएको खेलमा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गरेको थियो। इलामले ललिपुरलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। प्रतियोगितामा ललितपुरको पहिलो हार हो। यस हारसँगै सात खेल खेलेको ललितपुर १० अङ्कसहित तेस्रो स्थानमा छ। जितसँगै इलाम आठ खेलबाट ८ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ।

हिजो नै भएको अर्को खेलमा विजयी भएको पोखरा थन्डर्स शीर्ष स्थानमा उक्लिएको छ। बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले हराउँदै पोखराले प्लेअफमा स्थान सुरक्षित गरेको हो।