यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने अहिले मौसम सफा रहेको छ।

बुधबार दिउँसो कोशी, मधेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीकै अवस्था रहने पनि उनले बताइन्।

‘सुदूरपश्चिम र कर्णाली प्रदेशमा मौसम पूर्णतया सफा रहनेछ,’ मानन्धरले सेतोपाटीसँग भनिन्, ‘हिमाली भेगमा हिमपात र वर्षाको सम्भावना पनि देखिएको छैन।