नेपाल सुपर लिगमा आज वीरगन्ज र काठमाडौं भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज काठमाडौं रेज्र्स एफसी र वीरगन्ज युनाइटेड एफसीबिच प्रतिस्पर्धा हुने भएको छ। खेल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ।

यसअघि हिजो साँझ भएको खेलमा झापा एफसीले धनगढी एफसीलाई पराजित गरेको थियो। झापाले धनगढीमाथि २–० गोलको जित निकाल्दै विजयी भएको हो। झापाका लागि अञ्जन विष्ट र समिराज ठोकरले गोल गरे।

यो जितसँगै झापा सात खेलमा १० अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छभने हारसँगै समान सात खेल खेलेको धनगढी १२ अङ्कका साथ अङ्क तालिकामा दोस्रो स्थानमा छ।