नेपाल सुपर लिगमा आज लुम्बिनीले वीरगन्ज र काठमाडौंले ललितपुरको सामना गर्ने

काठमाडौं। नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन्। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा बुटवल लुम्बिनी एफसी र वीरगन्ज युनाइटेड एफसीबिच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो एक बजे सुरु हुनेछ।

त्यसैगरी आजै हुने दोस्रो खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजेडआर एफसीबिच प्रतिस्पर्धा हुनेछ। यो खेल भने साँझ पाँच बजे सुरु हुनेछ।

अंकतालिकामा लुम्बिनी अन्तिम अर्थात् नवौँ स्थानमा रहँदा वीरगन्ज सातौँ, काठमाडौँ छैटौँ र ललितपुर तेस्रो स्थानमा रहेका छन्।