बर्दियाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा २० जना घाइते

बुटवल । दाङमा आज बिहान बस दुर्घटना भएको छ। बर्दियाबाट दाङको चखौरा भ्रमणमा जान थालेको भे १ ख २०४१ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–१३ भञ्ज्याङ नजिक ब्रेक फेल भएर दुर्घटना हुँदा २० जना भन्दा बढी यात्रु घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुरप्रसाद पोख्रेलले घाइतेहरू खतरामुक्त रहेको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

बर्दियाको बढौयाताल गाउँपालिका–६ को कृषक समूहका सदस्य दाङ भ्रमणमा आउन थालेका थिए। बसमा ४०–४५ जना सवार रहेका थिए। केही घाइतेहरूलाई उपचारको लागि बाँके जिल्लामा लगिएको छ।