बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उउच्चस्तरीय जाँचबुझका लागि न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ।उक्त बैठकले आयोग गठन गरेर ललितपुर बालकुमारी घटनाबारे निष्पक्ष छानबिन गर्ने निर्णय गरेको हो ।

बालकुमारी घटनाको छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा ४ सदस्यीय उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने सरकारीका व्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्।

हिजो (आइतबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयलाई तत्काल उच्चस्तरीय छानबिन आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका थिए ।

घटना भएकै दिन प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको थियो। तर, मृतकका परिवार उक्त समितिप्रति असन्तुष्टि जनाउँदै शव नबुझ्ने अडान राखेपछि उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने सरकारले निर्णय गरेको छ। बालकुमारी घटनामा दुई जनाको मृत्यु भएको छ।