राजनीतिमा यी प्रभावशाली युवा नेताहरूको कस्तो छ अवस्था ?

काठमाडौं। नेपाली राजनीतिमा युवा नेतृत्वको आवश्यकता अपरिहार्य जस्तै हुन थालेको छ। नेपाली राजनीतिको शीर्ष तहमा युवा कम,पाका नेताहरूकै बाहुल्य बढी रहेको देखिन्छ। हरेक पार्टीमा युवा पुस्तालाई अगाडि बढाउने विषय बहसमा सीमित हुँदै आएको छ। व्यवहारमा उतार्ने कुरा पाका र अनुभवी नेताहरूले कहिले पनि चाहेको देखिदैन्।

अबका युवा पुस्ताले नेतृत्वमा पुग्न बहस मात्र होइन हस्तक्षेपकारी भूमीका खेल्नु जरूरी जस्तै भएको छ। तर युवा उमेरका नेताहरूले मूलधारको राजनीतिमा हस्तक्षेपकारी भूमिका वहन गर्न सकेको अहिसम्म कुनै पनि पार्टीमा देखिएको छैन्। हेरक आन्दोलनमा युवाहरूको भूमीका मुख्य देखिए पनि पार्टी भित्रको भूमिकामा भने कहिले मुख्य नदेखिनुले पुराना नेताहरूको चाकडीमा युवाहरू लागेको अनुमान गर्न सकिन्छ।

पुराना पार्टी भित्र युवा नेतृत्व आउन अझै कति पुस्ता पर्खिनुपर्ने हो यो अहिलेको मुख्य प्रश्न बनेको छ। युवालाई शीर्ष नेतृत्वमा पुग्न कुन विधि वा प्रणालीले रोकेको छ,यी विषयमा बहस केन्द्रित गर्नु पर्ने अहिलेको आवश्यकता जस्तै भएको छ।

खासगरी मुख्य दलहरूका युवाको सहभागिता सडकमा हुलदंगा मच्चाउने,आन्दोलन र अभियानमा लामबद्ध हुने बाहेक पार्टी भित्र कुनै पनि किसिमको हस्तक्षेपकारी भूमिका नदेखिनुले युवाहरू पुराना नेताहरूको हली नै भएका हुन् त, भन्ने प्रश्न खडा भएको छ। त्यस्तै सक्रिय राजनीतिमा रहेका युवा पुस्ता मुख्य दलका कुनै पनि पदाधिकारीको तहमा पुग्न नसक्नुले आम जनताको युवा प्रति भएको आश पनि निराशमा बदलिने अवस्था देखिएको छ।

युवा नेता हरिकृष्ण गजुरेलकाे पार्टी भित्रकाे कस्ताे छ राजनितिक प्रभाव 

 क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य हरिकृष्ण गजुरेलले भने युवा वा वृद्ध भन्ने उमेरले खासै मापन गर्ने कुरा त होइन। तर त्यसको मापन वैचारिक दृष्टिकोण मुख्य रहेको उनको बुझाइ छ। हुन त, उनले पार्टीले दिएका हरेक जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्। नेतृत्व तहमा पुग्ने विषयमा युवाहरू पनि वैचारिक दृष्टिकोणले परिपक्क भएको खण्डमा नेतृत्व गर्न सक्ने युवाहरूलाइ अगाडी बढाउनु पर्छ भन्नेमा आफु स्पष्ट रहेको उनले विश्लेषण गर्दै आएका छन्।

नयाँ पुस्ताले नयाँ युगको र नयाँ समयको प्रतिनिधित्व गर्नुपर्छ। तर, त्यस्तो प्रतिनिधित्व गर्ने युवा निर्णायक तहमा नेतृत्वदायी भूमिकामा खासै पुगेका छैनन्। त्यो ठाउँमा पुग्ने अबका युवा पुस्ताले साहाश गर्न जरूरी भएको छ।

अब स्वयं युवा नेताले देशमा भएका हरेक परिवर्तनलाइ सम्मान गर्दै पुराना र नयाँ पुस्ता दुवैको महत्त्वपूर्ण योगदानको कदर गर्दै अगाडी बढ्न अहिलेको आवश्यकता जस्तै भएको छ।

पछिल्लो समय क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीचको पार्टी एकीकरणले पनि खासै युवा पुस्ताहरूलाइ नेतृत्वदायी भूमीकामा ल्याउने कुनै छाट्काट देखिएको छैन। यी दुइ पार्टी मिलेर बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा एक दुइ जना युवा नेता बाहेक अन्यले पार्टीको नेतृत्व गर्ने हिक्मत सम्म राखेको देखिदैन्।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य हरिकृष्ण गजुरेल बाहेकका युवा नेताले कुनै पनि पार्टीको नेतृत्वमा आउने छाट्काट देखाएका छैनन्। यसरी युवाहरूलाई सदैव पछाडि छाडिनु र तिनका मुद्दाको सुनुवाइ नहुनुको एउटा प्रमुख कारण मूलधारको नेपाली राजनीतिमा सशक्त युवा प्रतिनिधित्व नहुनु नै हो।

छिल्लो १० वर्ष नेपालमा मूलधारको नेतृत्व एवं युवा पुस्ताबीचको काम गर्ने युवा नेतृत्वको खडेरी देखिँदै आएको छ। अहिले सामाजिक सञ्जाल, माइतीघर मण्डला अनि बालुवाटारतिर राजनीतिक व्यवस्था र सत्ताको विरोधमा उत्रिने युवाहरू अबको राजनिति नेतृत्व युवाहरूले गर्नुपर्छ भनेपनि नेतृत्व गर्ने हिक्मत भने गरेको देखिदैन। मूलधारको नेपाली राजनीतिमा युवा पुस्ताको प्रतिनिधित्व खासै छैन।

युवाहरूले पुराना नेताहरूकै हलि बनेर बस्ने होकी हामी पनि पार्टीमा नेतृत्व गर्न सक्छौं भन्ने हिक्मत राखेर पुराना पुस्ताका नेताहरूलाइ सम्मान गर्दै आफुले नेतृत्व गर्न अगाडी बढ्ने हिक्मत गर्ने हो? संघीय लोकतान्त्रिक गणतन्त्रदेखि देशका विभिन्न राजनीतिक परिवर्तनका लागि युवा पुस्ताका नेताहरूको निर्णायक र नेतृत्वदायी भूमिका रहेपनि कुनै पनि पार्टीमा नेतृत्वदायी भूमीकामा रहेको देखिदैन्।

खासगरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिने र त्यसको व्यवस्थापन गरेर देशलाई समृद्धिको बाटोतर्फ लैजानका लागि पुरानो पुस्ता नेताहरूलाइ सम्मानका साथ राखेर युवाहरूले नेतृत्व लिन अगाडी बढ्नु पर्छ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन बैद्य किरणले पार्टी भित्र भएका युवा पुस्ताहरूलाइ पार्टीको जिम्मेवारी दिन जरूरी जस्तै देखिएको छ। अब पनि युवाहरूलाइ हलि नै मान्ने हो भने केही समयपछि त्यो पार्टीमा युवाहरूको खडेरी पर्ने निश्चित जस्तै देखिएको छ।

खारगरी भन्ने हो भने पार्टीका विभिन्न तह र विद्यार्थीको नेतृत्व समेत गरि सकेका युवा नेता हरिकृष्ण गजुरेललाइ पार्टीको नेतृत्वदायी भूमीकामा ल्याउदा पार्टी भित्र भएका युवाहरूको प्रतिनिधित्व गर्न सक्कने एक होनाहार युवा देखिएका छन्।

क्रान्तिकारी पार्टीका युवा क्षमतावान नेतृत्वदायी भूमिका अब्बल देखाउन सक्कने पार्टी भित्र वा बाहिर युवा पुस्तामा परिचित रहेका हरिकृष्ण गजुरेल जस्ता युवा नेताहरूलाइ अबपनि नेतृत्व गर्न नदिने हो भने त्यस्ता पार्टीको औचित्य समाप्त हुदै जाने निश्चि जस्तै देखिन्छ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अबकाे केही महिना भित्र महाधिवेशन गर्दैछ त्यतिबेला पनि युवा पुस्तालाइ स्थान नदिने हाे भने बुढाहरूले संचालन गरेका पार्टीहरू रहने अवस्था भएपनि कार्यकर्ता भने नरहने अवस्था आउने निश्चि जस्तै देखिन्छ। त्यस्तै क्रान्ति हुन सबै कुराकाे उत्तिकै तालमेल हुन जरूरी हुन्छ।

यो संसार युवाहरूको हो किनकि युवा विकास र परिवर्तनका संवाहक हुन्। युवाहरू आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकास र परिवर्तनका साधक हुन्। हिम्मत, साहस, सृजनशीलता र विवेकले भरिपूर्ण यो वर्ग राष्ट्र निर्माणको महत्वपूर्ण स्रोत र मेरूदण्ड हो। त्यसैले हरेक पुराना नयाँ पार्टीमा युवाहरूलाइ नेतृत्वदायी भूमीकामा ल्याउन दबाब दिनुपर्छ।

महामन्त्री गगन थपाकाे राष्ट्रिय राजनितिमा देखिएकाे भूमिका  

नेपाली काँग्रेसका महामन्त्री युवा नेता गगन कुमार थापा नेपाली राजनितिकका प्रखर चर्चित युवा नेताका रूपमा परिचित हुँदै आएका छन्।
माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि २०६४ सालमा भएको पहिलो संविधानसभामा समानुपातिक सांसद बनेका थापा २०७० सालको दोस्रो संविधानसभामा आफ्नै पार्टीका बागी उम्मेदवारकाबीच काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए।

उनको क्षेत्रबाट निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पराजित भएपछि थापाको राजनीतिक उचाइ थप बढेको थियो। त्यसपछि थापा सुरुमा संसदीय समितिको सभापति भएका थिए भने पछि स्वास्थ्यमन्त्री बन्नेसम्मको अवसर पाएका थिए।

संसद्मा राष्ट्रिय सरोकारका मुद्दाहरूमा हुने बहसमा सक्रिय सहभागिता र प्रतिस्पर्धी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कडा सवालजवाफमा उत्रने उनको शैलीले थापाको पार्टीभित्र र बाहिर थप लोकप्रियता चुलिदै गएको थियाे।

थापाले संसदीय निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनबीच एमाले उम्मेदवार राजन भट्टराईलाई पराजित गर्दै काठमाडौं क्षत्र नं ४ बाट निर्वाचित हुन सफल भएका थिए। २०७९ सालमा पुन: नेपाली काँग्रेसको तर्फबाट निर्वाचित हुँदै उनले एमालेका नेता राजन भट्टराईलाइ दास्रो पटक पराजित गरेका थिए।

थापाको राजनीतिक यात्रा चुनौतीपूर्ण- उनी त्रिचन्द्रको स्ववियु सचिव हुँदा पनि बागी समूहबाट निर्वाचित भएका थिए। सांसद निर्वाचित हुँदा पनि बागी उम्मेदवार सामना गर्नुपर्‍यो।
राजनीतिक परिवारसँग साइनो गाँसेका थापाले अघिल्लो महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिए तर आफ्नै ससुरा अर्जुन नरसिंह केसी अर्को समूहबाट उनको प्रतिस्पर्धी थिए।

कांग्रेसका प्रभावशाली नेता केसी र थापा दुवैलाई पछि पार्दै कांग्रेस संस्थापक नेता बिपी कोइरालाका कान्छा छोरा शशाङ्क कोइराला महामन्त्रीमा निर्वाचित हुन सफल भएका थिए।

अघिल्लो महाधिवेशनमा बनेको समूह छोडेर १४ औँ महाधिवेशनमा शेखर कोइराला नेतृत्वको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थापाले अर्को समूहबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवाभन्दा धेरै मत प्राप्त गर्न सफल भएका थिए।

थापाले पटक-पटक ५५ वर्षपछि आफूले सक्रिय राजनीतिबाट संन्यास लिने बताउँदै आएका छन्। आगामी १५ औँ महाधिवेशनबाट पार्टी सभापति बन्ने आकाङ्क्षा थापाले लिएको उनी निकटका नेताहरूले बताउने गरेका छन्।

थापाको संक्षिप्त राजनितिक जीवनी- २०४६ सालको जनआन्दोलनदेखि विद्यार्थीकालमै राजनीति सुरु गरेका थापा नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएका थिए। २०५३ मा स्ववियु सचिव र २०५५ मा स्ववियु सभापति बने। २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष बन्न सफल भएका थिए।

२०५९ देखि २०६१ सम्म नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए। जनआन्दोलन २०६२/०६३ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनविरुद्धको आन्दोलनमा आक्रामक भाषण गरेर चर्चामा आएका थापा १२ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए। १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेर तेस्रो स्थान हासिल गरे पनि सम्मानजनक मत प्राप्त गरेका थापालाई महाधिवेशन सकिएलगत्तै केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो।

उनी २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक र २०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट संविधानसभामा विजयी भएका थिए। २०७३ छोटो कार्यकालका लागि स्वास्थ्यमन्त्री भएका थापाले स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयास गरेका थिए। २०७१ मा उनी संसदको कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरेका थिए। दुईपटक राजद्रोहको मुद्दा खेपेका थापा पटक-पटक जेल समेत परेका छन्। संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थापा २०७४ सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए।

त्यस्तै २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा क्षेत्र नं ४ बाट पुन नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका थिए। उनले एमालेका नेता राजन भट्टराईलाइ दास्रो पटक पराजित गरेका थिए। भने नेपाली कांग्रेस संसदीय दलको नेतामा २५ मत ल्याएर शेरबहादुर देउवासँग पाराजित समेत भएका थिए।

संविधान कार्यान्वयन, जनजीविकाका सवालमा संसदमा निरन्तर आवाज उठाउने र सत्तालाई जहिल्यै घच्घच्याउने काम गगन थपाले गर्दै आएका छन्।

युवा नेता तथा सांसद ज्ञानेन्द्र शाहीकाे राजनितिक यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले साविकको नराटोक गाविस वडा नं.७ हालको सिंजा गाउँपालिका–३ पिगी गाउँको सामान्य किसान परिवारमा जन्मेका थिए। अहिले उनै ज्ञानेन्द्र शाहीका नाममा चर्चित भएर ३० वर्षकै उमेरमा जुम्लाको सांसद बन्न सफल भएका छन्।

सिंजाकै कैलाश माविबाट २०६२ सालमा एसएलसी पास गरेका उनी भारतमा सिए पढ्न गएका थिए। भारतबाट फर्केपछि शाही देशमा चरम भ्रष्टाचार भएको भन्दै हामी नेपाली अभियान सञ्चालन गरेर भ्रष्टाचार विरोधी गतिविधिमा सक्रिय भएका थिए।

भ्रष्टाचार र अव्यवस्थाको खह्रो विरोध गर्ने उनले ठाउँ–ठाँउमा मरणासन्न हुने गरी कुटाइ समेत खाएका थिए। कयौंपटक जेल बसेका थिए। शाही अविचलित नभइ आफ्नो अभियानलाई निरन्तर अगाडी बढाउँदै गएका थिए। अभियानले मात्र जनताको समस्या सम्बोधन गर्न नसक्ने देखेपछि राप्रपामा प्रवेश गरेर राजनितिक यात्रा सुरू गरेका थिए।

संसद भवन छिर्नेबेला ,भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो,भन्ने राजेन्द्र लिङ्देनको भनाइसँग सहमति रहेपछि राप्रपाबाट राजनीतिक यात्रा सुरूवात गरेको शाहीले नै बताएका थिए।

छोटो राजनीतिक पृष्ठभूमि भएपनि शाहीले पार्टी प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी पाएका थिए। त्यसलगत्तै राप्रपाको जनमत बढाउन देश दौडाहमा निस्किएका उनले गृह जिल्ला जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका थिए। तर स्थानीय तहको निर्वाचनमा राप्रपाले जुम्लाबाट पाँच सय ९१ मत मात्रै प्राप्त गरेकले जुम्लामा राम्रो जनमत नभएका कारण पार्टीले अन्य निर्वाचन क्षेत्रबाट पनि उम्मेदवारी दिन सुझाव दिएपनि उनले जुम्लाबाटै उम्मेदवारी दिने बताएका थिए।

अभियन्ता हुँदा चर्चा बटुलिसकेका उनले राप्रपा रोजेसँगै जुम्लाबाट निर्वाचन लड्ने निधो गरेपछि केही असहज भएपनि अभियानले गर्दा उनलाइ निर्वाचनमा ठूला सहयोग पुगेको थियो। पूर्व मेचीदेखि पश्चिम महकालीसम्म उनको अभियाले राप्रपा पार्टीलाइ पनि निर्वाचनमा केही सहज भएको अनुमान समेत गर्न सकिन्छ।

उनको चर्चा ०७६ वैशाख १८ गते सुर्खेतमा गरेको कार्यक्रममा पत्रकारहरू उपस्थित नभएपछि पत्रकारहरूलाई अपशब्द प्रयोग गरेपछि भएकाे थिये। त्यही अपशब्द प्रयोग गरेकाे अभियोगमा सुर्खेतको एक कार्यक्रम स्थलबाट पक्राउ गरेर उनलाई निर्ममतापूर्वक प्रहरीले यातना दियाे भने प्रहरीकाे कुटाइबाट टाउको र खुट्टामा गम्भीर चोट समेत लागेको थियो। त्यसपछि उनको चर्चा एकाएक बढेदै गयाे।

तर उनको संघर्ष भने कम छैन। जुम्लाको दुर्गम भेगमा जन्मिएका उनी कक्षा पाँचसम्म गाउँकै प्राथमिक विद्यालयमा पढाइ गरेका थिए भने कक्षा ६ देखिमाथि पनि जुम्लामै अध्ययन गरे। एसएलसीपछि काठमाडौंको त्रिचन्द्र कलेज पुगेका उनी विज्ञान पढे। आईएस्सी पढेपछि सिए पढ्नका लागि भारतको राजधानी दिल्ली पुगेका उनी सिए फाइनल नगरेर नै नेपाल फर्किएका थिए।

उनको सिए अझै पुरा हुन सकिरहेको छैन। दिल्लीमा एउटा चार्टर एकाउन्टेन्ट फर्ममा काम गरेको बताउने उनी भारतीयहरूले नेपालीहरूमाथि गर्ने व्यवहारका कारण नेपाल फर्किएको बताउँदै आएको पाइन्छ। उनी नेपालमा नै केही गर्छु भन्ने उद्देश्यसहित फर्किए र भ्रष्टाचार विरोधी अभियानमा लागे।

यतिमात्र होइन सुरुमा नेपाल आएर एभिन्यूज टिभीमा काम गरेका थिए। वाइडबडीमा भएको भ्रष्ट्राचारको विषयमा पर्दा पछाडि रहेर आफूले बाहिर ल्याउन ठुलो भूमिका खेलेको बताउताउदै अएका थिए। तर उनि चार महिनापछि उक्त टिभीबाट बाहिरिएका थिए। त्यसपछि लगातार विभिन्न मुद्दामा आवाज उठाउँदै सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा भाइरल नै भएका थिए।

आक्रामक र अराजक प्रस्तुतिले उच्च तहका व्यक्तिहरूले उनलाई मन नपराएपनि तल्लो तहका नागरिकहरूले उनको कामको वाईवाई गरिरहे। जसले गर्दा जुम्लामा उनी भारी मतान्तरले विजयी भएका थिए। आफु सुधारिएको राजसंस्थाको पक्षधर मान्छन्।

त्यस्तै उनी विवादित भएको घटना २९ भदौ ०७६ मा पुलचोकमा पत्रकार सम्मेलन गरिरहेको अवस्थामा पत्रकारको भेषमा एमाले निकट कार्यकर्ताहरूले शाही माथि आक्रमण गरेका थिए। यस्तै ०७६ असोजमा चितवनमा पनि उनीमाथि आक्रमण भएको थियो।

९ वैशाख ०७७ मा ललितपुरमा राहत वितरणमा निस्किएका शाहीलाई प्रहरीले लकडाउन उल्लंघनको आरोपमा ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको थियो। त्यही समयमा सुर्खेतमा पनि उनीमाथि आक्रमण गरिएको थियो। यसरी संघर्ष,आक्रमण र चर्चाकैबीचमा सबैको नजरमा परेका उनी राप्रपामा प्रवेश गरेका थिए।

हल्लाखल्लाकै दुनियाँबाट एकाएक राप्रपामा प्रवेश गरेका उनी राप्रपाको प्रवक्ता बने। राप्रपाको मूल राजनीतिमा उदाएका उनी आफूलाई जनताको सेवकको रूपमा चिनाउन चाहन्छन्।

उपमहासचिव जनार्दन शर्माकाे राजनितिक यात्रा

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा २०३८ मा तत्कालीन कम्युनिस्ट पार्टीको रुकुम जिल्ला सदस्य भइसकेका थिए। त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई २०४२ साल मै भेटाएका थिए। २०४२ मा भेटेका विश्वास २०४६ मा भेट्दा प्रचन्डको रूपमा  शर्माले भेटाएका थिए। 

त्यस्तै देशमा बहुदलीय व्यवस्था आइसकेपछि २०४८ को निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाले शर्मालाई उम्मेदवार बनाएको थियो। ‘पार्टीले उम्मेदवार बनाएपछि चुनाव त लड्नु प-यो। तर, शर्माको चाहना चुनाव लड्ने भने थिएन रे। २०४८ सालको निर्वाचनमा जनतासँग सडक,पुल बनाउन होइन। परिवर्तनका लागि भोट मागेका थिए। त्यतिबेला शर्मा लामो समयदेखि जिल्लाको राजनीतिमा स्थापित भइसकेका नेपाली कांग्रेसका नेता गोपालजीजंग शाहसँग निर्वाचन लडेर ११ सय मतान्तरले पराजित भएका थिए।

माओवादीमा योगदान- नेपालमा माओवादी सशस्त्र आन्दोलन २०५२ देखि सुरु भएको थियो। तर, शर्माले भने त्यसअघि नै क्रान्ति गर्ने भन्दै तयारी गरि रहेको बताइन्छ। पार्टीले जनयुद्धको तयारी गर्दैगर्दा उनलाई रुकुमबाट दाङ सरुवा गरिएको थियो रे। ‘दाङमा पार्टीको अवस्था निकै कमजोर ‘पार्टीको गतिविधि चलाउँदै गर्दा सरकारले किलो शेरा टु अपरेसन चलाइरहेको थियो। पार्टी र कार्यकर्तालाई एक ढिक्का बनाउन कम्ती चुनौती थिएन। जनयुद्ध सुरु भएपछि शर्माको नेतृत्वमा पहिलो आक्रमण सल्यानको झिम्पे टावरमा गरिएको थियो।

त्यो कारबाहीपछि २०५४ मा शर्मा लडाकु समूहतिर गएका थिए। ‘सेनातिर गइसकेका शर्मालाइ पार्टीले पुनः सेती–महाकाली सरुवा गरेको थियो।सेती–महाकालीमा सरुवा भएपछि शर्माले माओवादी संगठन विस्तार मात्र गरेनन्।

आफूले पनि जिम्मेवारी थप्दै गए। उनले सेती–महाकालीमा सेनाको छुट्टै डिभिजन बनाए। दाङबाट सरुवा हुँदा सेती–महाकालीको जिम्मेवारी लिएका शर्माले केही वर्षमै भेरी–कर्णालीको समेत जिम्मेवारी लिए। छोटो समयमै माओवादी सेनाको डेपुटी कमाण्डरसमेत बन्न सफल भएका थिए। त्यतिबेला माओवादी सेनाको कमाण्डर अध्यक्ष पुष्पकमल दाहाल थिए। शर्माले डेपुटी कमाण्डरको जिम्मेवारीमा रहेर गण्डकी, नारायणी क्षेत्रमा कार्यरत रहँदा तत्कालीन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले कारबाहीलाई तीव्र पार्न सन्देश पठाउने गरेको बताउने गरेका छन्।

शर्माकै नेतृत्वमा कालिकोटको पिलीमा माओवादीले ठूलो आक्रमण गरी सेनाविरुद्ध सफलता हात पारेको थियो। काठमाडौंमा आक्रमण गर्न तयारी गरी नारायणी नदीको किनारामा फौज पुग्दै गर्दा युद्धविराम भएकाे थिये। युद्धविरामपछि शान्ति प्रक्रियालाई टुंगोमा पु-याउन जनार्दन शर्माको महत्वपूर्ण भूमीका रहेको देखिन्छ। पहिलो शान्ति तथा पुनर्स्थापना मन्त्रीलगायत सेना समायोजन समिति र जेएमसिसीमा रहँदा शान्ति प्रक्रियालाई टुंगोमा पुयाउन उनले भूमिका खेलेकाे पाइन्छ।

शर्माले माओवादी केन्द्र र नेकपा एमालेको एकीकरणमा महत्वपूर्ण भूमिका खेलेको चर्चा समेत हुने गरेको थियाे। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका गृहमन्त्री समेत रहेका शर्माले एमाले र माओवादीबीचको पार्टी एकीकरण गर्न महत्वपूर्ण भूमीका खेलेर पछि गृहमन्त्रीबाट समेत राजिनामा दिएका थिए। शर्माले वामगठबन्धका दुई अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीसँग पटक–पटक छलफल गरेर पार्टी एकीकरण गर्न सफल भएको बताइन्छ।

 सचिव रामकुमारी झाँक्रीकाे राजनितिक अवस्था

पछिल्लो समय रामकुमारी झाँक्री नेकपा एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादी पार्टीकी सचिव बनेर पार्टी भित्र सक्रिय राजनीतिक गरिरहेकी छन्।

एकीकृत समाजवादीकी सचिव झाँक्री वामपन्थी युवा नेतृ हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको अध्यक्ष भैसकेकी हुन्। उनी अनेरास्ववियुको अध्यक्ष बन्ने पहिलो महिलासमेत हुन्। युवा पुस्तामा आशा गरिएकी संघर्षशील, जिम्मेवार र भविष्य भएकी नेतृमा गनिन्छिन् झाँक्री।

नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाक्री पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा आवद्ध भई सक्रिय राजनीति गरिरहेकी छिन्।

२०५४ सालमा मालेमा लागेकी झाँक्री वामदेव गौतमसँग २०५८ सालमा एमालेमा फर्किएकी थिइन्। केही समय पत्रकारितामा सक्रिय भएपनि राजाको निरंकुश शासन सुरु भएसँगै उनी निरंकुशताविरुद्धको आन्दोलनमा जोडिइन्।

२०५४ सालमा एमाले विभाजन भएर माले गठन हुँदा उनी विद्यार्थी राजनीतिमा थिइन्। त्यसबेला उनी राजनीतिका आयामहरू थोरै बुझ्थिन्। त्यसैले आफ्नै भन्दा पनि निकट व्यक्तिहरूले राख्ने विचारका आधारमा उनी विभाजित भएर बनेको तत्कालीन मालेमा संलग्न भएकी थिइन्। साढे दुई दशकमा उनको राजनीतिक सुझबुझ चलिरहेको छ।

२०६२/०६३ सालको जनआन्दोलनमा विद्यार्थी नेताको रुपमा झाँक्री अग्रमोर्चामा उभिइन्। त्यसक्रममा पटक पटक पक्राउ परिन्। प्रहरीले प्रहार गरेको लाठी लागेर रगतपच्छे भएको उनको तस्बिर पुरै जनआन्दोलनको एउटा प्रतिकात्मक तस्बिरको रुपमा रह्यो।

दोस्रो जनआन्दोलनले विद्यार्थी नेताहरूको रुपमा उनलाई स्थापित गरायो। त्यसपछि उनी अनेरास्ववियुको पहिलो महिला अध्यक्ष बनिन्। २०७१ सालमा भएको नवौं महाधिवेशनमा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी झाँक्री प्रतिनिधिसभा चुनावपछि समानुपातिक कोटाबाट २०७४ मा सांसद बनिन्।

राजनीतिक आन्दोलनमा सक्रियता, नेतृत्व क्षमता र वाकपटुता भएकी झाँक्री २०६२/०६३ को जनआन्दोलनमा सडकमा ढुंगा र लाठी खाँदै रत्नपार्क तथा बागबजारका गल्लीमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेकी थिइन्।

२०७७ पुस ५ मा पहिलो पटक तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहितका नेताहरूले विरोध गरेका थिए। ६६ दिनसम्म मुलुकभर आन्दोलन चर्कियो। त्यसको अग्रपंक्तिमा नेतृ झाँक्री पनि थिइन्। त्यसैले ओलीको शासनकालमा झाँक्री सरकारको निशानामा परिन्।

आन्दोलनको रापतापमा झाँक्रीको पनि बोलीको संयमता केही हदसम्म गुम्यो। ०७७ माघ १६ गते गोरखाको सिरान चोकमा भएको कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा बोलिन्।

ओलीका एकपछि अर्को कदमलाई आँखा चिम्लेर साथ दिने राष्ट्रपतिको कदमप्रति आपत्ति जनाउँदै उनले भनेकी थिइन् ‘राष्ट्रपतिको कुरा त के गर्नु? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु, निर्वाचनको तयारीका लागि सुखसुविधा ऐशआराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गएपनि हुन्छ। उनको यो भनाइले ‘महिला राष्ट्रपति’ को मानहानी भएको भन्दै उनकै पार्टीको भातृ संगठनले कारबाहीको माग गर्‍यो।

२०७७ माघ २९ मा प्रहरीले उनीमाथि ‘राज्यविरुद्धको कसुर’ गरेको अभियोगमा शंखमुलस्थित उनकै निवासबाट पक्राउ गर्‍यो। सर्वत्र विरोध भएपछि पाँच घण्टा हिरासतमा राखेर प्रहरीले बयान लिएर उनलाई छोडेको थियो।

विद्यार्थी पृष्ठभूमिबाट पार्टी राजनीतिमा आएकी झाँक्री जल्दाबल्दा विषयमा मुखर भएर आफ्नो धारणा राख्छिन्। त्यसैले गाली र ताली दुवै उनको भागमा आइलाग्ने गरेको पाइन्छ।पछिल्लो समय सहरी विकास मन्त्री भएकी रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिनेबेला आँखाबाट आँसु झारेर रोएपछि चर्चामा आएकी थिइन।

पदबाट बहिर्गमन हुन नचाहेपनि पार्टी नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि उनी राजीनामा दिन बाध्य भएकी थिन।
बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीले आँखाबाट आँसु खसालेपछि चौतर्फी आलोचना भएको थियो। उनी मन्त्री ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा आँखामा आँसु छचल्किएको थियो। त्यसपछि केही समय निष्क्रियजस्तै देखिएपनि अहिले भने उनी राजनीतिमा सक्रिय नै रहेकि छन्।

पार्टी फुटेपछिको पहिलो सरकारमा नै झाँक्रीले शहरी विकास मन्त्रालय जस्तो शक्तिशाली मन्त्रालयको बागडोर सम्हाल्न पुगेकी थिन्।
नेकपा एमालेमा अन्तरसंघर्ष हुँदादेखि पार्टी गठनसम्म झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन्। त्यही साथका कारण झाँक्रीले मन्त्रालय पाएको चर्चा हुने गरेको थियो।

आफूलाई चित्त नबुझेको अवस्थामा चर्को बोलेर अरुलाई थर्काउने शैलीले उनी पटकपटक विवादमा पनि पर्ने गरेकी छन्। केही समयअघि यस्तै प्रकारको उनको एउटा अडियो सार्वजनिक भएको थियो। जुन अडियोमा व्यक्तिलाई ‘खुट्टा भाँच्‍ने धम्की’ दिएकी थिइन्। ‘टिकटक’मा समेत भाइरल नेतृ झाँक्री सामाजिक सञ्जालहरूमा उनलाई व्यक्तिगत रुपमा आउने टिप्पणीहरूमाथि बेलाबेला चर्को प्रतिक्रिया दिन्छिन्। अखिलको अध्यक्ष हुँदा निरंकुश शैलीमा संगठनलाई सञ्चालन गरेको आरोप उनीमाथि पटक पटक लागेको थियो।

दोस्रो जनआन्दोलनकी ‘पोस्टर गर्ल’ को रुपमा उनी थप चिनिइन्। राजा ज्ञानेन्द्रले गरेको चुनाव बहिष्कारका लागि सहरमा विद्यार्थी संगठनहरूले टोलटोलमा अभियान सञ्चालन गरेका थिए। त्यसमा पनि झाँक्रीको सक्रियता उतिकै थियो। दोस्रो जनआन्दोलनले विद्यार्थी नेताहरूको रुपमा उनलाई स्थापित गरायो।

नेपालको साथमा रहेर नयाँ दल बनाउदा पुराना नेताहरूसँगको साथ भने छुटेको छ। माले पृष्ठभूमि भएकाले लामो समय उनले पार्टीभित्र आफ्नो प्रमुख नेता वामदेव गौतमलाई मानिन्। त्यसपछि झलनाथ खनाल अध्यक्ष हुँदा उनको पक्षमा रहिन्। 

त्यस्तै पछिल्लो समय राम कुमारी झाँक्री गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नेपालमा जारी ‘विश्व सम्मेलन’का क्रममा मञ्चबाट ‘आक्रोशित भावमा’ दिएको अभिव्यक्तिका कारण विवादित भएकी थिइन।
उक्त विवाद सरकारले दिन सुरु गरेको एनआरएन नागरिकता र त्यस्ता नागरिकले राजनीतिक अधिकार नपाउने व्यवस्थाका सम्बन्धमा भएको थियो। 

सचिव योगेश भट्टराईकाे राजनितिक अवस्था 

नेकपा एमालेका सचिव योगेश भट्टराई २०३६ सालको विद्यार्थी आन्दोलनको रापताप बिस्तारै गाउँसम्म फैलिँदै थियो। गाउँसम्म अनेरास्ववियुको चर्चा हुँदै थियो। पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिबेला पुगिसकेको थियो। पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले आमहडताल गरेको थियो। नेपालकै पहिलो ऐतिहासिक हडताल सफल पार्न भट्टराईको पनि सक्रिय रूपमा सहभागी भएका थिए।संगठित हिसाबले उहाँको राजनीतिक यात्राको आरम्भ पनि त्यहीबाट भएकाे थियो।स्वविवेकले आन्दोलनमा होमिनुभएका योगशले स्कुले जीवनपछि भने ताप्लेजुङका अगुवा शिक्षकहरूसँग राजनीतिक सम्पर्क र शिक्षा लिएका थिए।

एसएलसीपछि उच्च शिक्षाका लागि २०४० सालमा काठमाडौंको ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसमा पढाइ सुरू गरेका थिए। पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा १८ वर्षको उमेरमा पहिलोपटक पक्राउ परि काठमाडौंको केन्द्रीय कारागारमा थुनिएका थिए। सरल, सक्रिय, स्पष्ट र जुझारु स्वभावका कारण महेन्द्ररत्न क्याम्पसको नेतृत्व लिन भट्टराईलाई धेरै समय लागेको थिएन। छोटो समयमै क्याम्पसमा लोकप्रिय र जुझारू नेताका रूपमा स्थापित भएका भट्टराई २०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा अत्यधिक मतले विजयी भएका थिए।

देशभरिका हजारौं विद्यार्थीको उपस्थिति रहेको सो क्याम्पसमा राजनीतिक यात्राले भट्टराई एउटा उचाइसम्म पुगिसकेका थिए। पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा भट्टराईले थुप्रैपटक जेलनेल र कठोर यातना भोगेके पाइन्छ। जेल बसाइका बेला झापा संघर्षका चर्चित अगुवाहरू केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तक्र्रिया गर्ने अवसर समेत पाएका थिए। राजनीतिक यात्रालाई अझ अगाडी बढाउन थप सहयोग पुगेके थियो। आन्दोलन र राजनीतिक जिम्मेवारीसँगसँगै भट्टराईले आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहेका थिए। भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र÷मानवशास्त्रमा स्नातकोत्तरसमेत गरेका छन्।

पञ्चायती व्यवस्थालाई समाप्त गर्न पञ्चायती चुनावलाई उपयोग गर्ने पार्टी नीतिलाई कार्यान्वय गर्ने सिलसिलामा २०४३ सालमा भएको निर्वाचनमा केही समय काठमाडौंमा र बाँकी समय ताप्लेजुङमा सक्रिय भएर पार्टीलाइ सहयोग गरेका थिए।ताप्लेजुङको विकास र समृद्धिका लागि काठमाडौंमा हुने अभियानमा मात्रै नभइ जिल्लामा भएका हरेक अभियानमा समेत भट्टराई सधैं सक्रिय सहभागी जनाउने गदर्छन्।

ताप्लेजुङको विकासनिर्माणका लागि राज्यको निर्णायक तह र निकायमा दबाब दिने तथा विभिन्न विकास निर्माणका परियोजनाको अगुवाइ गर्ने काममा भट्टराईको भूमिका र नेतृत्व सधैं अग्रणी रहेको देखिन्छ।जनआन्दोलनका जुझारु नेता योगेश २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भएको पाइन्छ। बसाइ त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित होस्टलमा थियो।

त्यसबेला उहाँको जिम्मेवारी अखिलको केन्द्रीय सदस्यका रूपमा थियो। जनआन्दोलनका लागि अखिल र नेविसंघबाट समन्वय गर्ने समिति थियो। त्यो महत्वपूर्ण समितिमा अखिलका तर्फबाट समन्वयको जिम्मेवारी योगेश भट्टराईले लिएका थिए।

सुरुमा कांग्रेस र वामपन्थीको सहकार्य हुने गरेको थिएन,पहलकदमीबाट विद्यार्थीहरूले सहकार्यको सुरुवात गरेका थिए। विद्यार्थीहरूले २०४६ फागुन ७ गते काठमाडौंको नयाँ सडकमा प्रर्दशन गर्ने कार्यक्रम रहेको थियो। उपत्यकाको कमान्डर भएकाले भट्टराई तयारीमा लागि रहेका थिए। तर, ६ गते राति २ बजे भट्टराईलाई प्रहरीले पक्राउ गरेर केही दिनपछि सिन्धुपाल्चोकको चौताराको जेलमा लगेर राखिएको थियो। प्रजातन्त्र आएपछि मात्रै भट्टराईलाई चैत्र २६ गते जेल मुक्त गरिएको थियो। पञ्चायतले चुनौतीका रूपमा राखेको विद्यार्थी नेता भएकै कारण आन्दोलनको सुरुमै पक्राउ गरिएको थियो।

प्रजातन्त्र आएपछि खुलामञ्चमा मनमोहन अधिकारी, गणेशमान सिंह, झलनाथ खनाल, कृष्णप्रसाद भट्टराई, साहना प्रधान, गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूले सम्बोधन गरेका थिए। सडकदेखि अनेरास्ववियुको केन्द्रीय अध्यक्षसम्म २०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गर्नुभएका योगेश सङ्गठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अध्यक्ष भएका थिए।बहुदलीय व्यवस्था आइसकेपछि पनि जनघाती तथा राष्ट्रघाती कदमका विरुद्ध भएका सडक संघर्षहरूको नेतृत्व भट्टराईले नै गरेको भेटिन्छ।

जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय हत्याविरुद्धको आन्दोलनमा अगुवाइ भट्टराईले नै गरेका थिए। यस्तै, अनेक आन्दोलनबाट खाँरिदै, माझिँदै युवा जोस र उत्साहका साथ अघि बढिरहेका योगेशले खासगरी २०५०/५१ सालतिर शिथिल भएको नेपाली विद्यार्थी आन्दोलनलाई नेपाली समाजमा पुनःस्थापित गराएको देखिन्छ। विद्यार्थी आन्दोलनलाई नेपाली कम्युनिस्ट आन्दोलनको सफलताको संवाहक शक्तिका रूपमा स्थापित गर्न भट्टराईले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ। भट्टराई अनेरास्ववियुको अध्यक्ष भएको बेला सबैभन्दा बढी ७३ प्रतिशत क्याम्पसका स्ववियुमा अखिलले ऐतिहासिक सफलता हासिल गरेको थियो।

२०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्चको नेतृत्व गरेर योगेश भट्टराईले नै गएका थिए। पूर्व पाँचथरको च्याङ्थापुदेखि सुस्ता, महेशपुर, टनकपुर हुँदै कालापानीसम्मको सीमासुरक्षा अभियानको अगुवाइ योगेशकै नेतृत्वमा भएको थियो। नेपालका ६२ स्थानमा भारतले सीमा अतिक्रमण गरेको प्रमाण सार्वजनिक गरेका थिए।

यसरी भट्टराई वैदेशिक हस्तक्षेपविरुद्ध आन्दोलनमा आफूलाई अग्रभागमा उभ्याउन सफल भएको बुझिन्छ। त्यस्तै, भट्टराईले २०४५ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइ समेत गरेका थिए। २०७१ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध पार्टीका नेताका रूपमा आन्दोलनको अगुवाइ गरेका थिए।

नेपालको सार्वभौमिकता, स्वतन्त्रताको योगेशले २०६२÷६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा एमालेको काठमाडौं उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गरेका थिए।

 पार्टी जीवन २०३९ देखि तत्कालीन नेकपा माले सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहेका योगेशले पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटीसम्म काम गरि सकेका छन्। २०६५ फागुनमा सम्पन्न नेकपा एमाले को ८ औं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए। उहाँ ९ औं महाधिवेशनबाट पार्टीको सचिव पदमा निर्वाचित भएका थिए।

त्यस्तै पार्टीको प्रचार विभाग प्रमुखको समेत भूमिका निर्वाह गरि सकेका छन्। भट्टराइ संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीको भूमीकामा केही राम्रो काम गरेपनि मन्त्रीबाट हटेपछि विवादमा परेका थिए। माधव नेपाल पक्षमा लागेर राजनितिक गरिरहेका भट्टराइ नेकपा माओवादी र नेकपा एमालेको एकतापछि नेकपा बनेको थियो,त्यसपछि पुन: नेकपामा विवाद सुरू भएपछि केपी ओलीले संसद विघटन गरेपछि माधव नेपाललाइ साथ दिएका भट्टराइले पछि भने ओलीलाइ साथ दिन पुन: एमालेमै फर्किएका थिए। 

अन्तत: नेपालको परिभेषमा राजनिति र राजनितिक नेतृत्व प्रति आम युवाको दृष्ट्रिकोण जुन छ त्यो बदल्नु अनिवार्य देखिएको छ। त्यसको लागि सक्षम युबा नेतृत्वका लागि अगाडि बढ्नु पर्छ र अन्य युवालाइ अभिप्रेरित गरिनु पर्दछ। युवालाइ सधै भोलि उपसर्ग लगाइन्छ,भोलिका राष्ट्रका कर्णदार ,भोलिका राष्ट्रिय नेता ,भोलिका देशका गहना आदि युवा किन आजका हुन सक्दैनन ? नेतृत्वमा आएका युबाले भोलिको हैन,आजै देशका हिस्सेदार हून भन्ने प्रमाणित गरेर देखाउन अगाडि बढ्नु जरूरी भएको छ।

हामी चाहान्छोै यो देशको नेतृत्व पनि युवाले गरोस,स्वाभिमान बन्न सिकाओस ,देशले समृद्धिको दु्रत मार्ग खोजोस,यसैको लागि हामी क्रान्ति गर्दछौ,संर्घष गर्दछौ तर बिडम्मना हामीले राजनितिक मौनता त्याग्न सकेनौ नेपाली युवा सधै पार्टी प्रति बफादारी भएर बुढा नेताको चाकरी मात्र गरेपछि कसरी देश बन्न सक्छ? त्यसैले अबका युवा नेतृत्वमा पुग्न पर्छ।

राजनिती आवश्यकता हो? यस लाइ दूषित पनि तपाँइ हाम्रो मौनताले भएको हो? त्यसैले यसको शुद्धताको निम्ति आम नेपाली युवाहरु राजनितिक सँगको दुस्मनता,सम्बन्धबिच्छेत पन र मौनता त्यागेर हरेक तह बाट नेतृत्वको निम्ति प्रतिस्प्रदी हूनू आजको आबस्यकता जस्तै भएको छ।