प्रहरीको सेटीङ्गमा मिटरव्याजिका नाइके बिरेन्द्रलाल श्रेष्ठले उपत्यकामा यसरी चलाँउदै धन्दा

काठमाडौं। राजधानीको केन्द्र दरवारमार्गबाट मिति २०७५ साउन ११ गते एक युवक अपहरणमा परेका थिए। उनलाई त्यहांबाट सिधै वौद्ध चुच्चेपाटीको भाटभटेनी डिपार्टमेण्ट स्टोरमा लगिएको थियो। भाटभटेनीको पांचौ तलामा लगेर कोठा भित्र थुनिएपछि ति युवकको सातो लिइन्छ।

अनि आफुलाई बन्धक बनाउने व्यक्तिले भने अनुसार कागज गराइन्छ। करिव ६ घण्टा बन्धक बनेर वाहिर निस्केका ति युवक प्रहरीको सम्पर्कमा पुग्छन र आफुमाथी आई लागेको विपत्तिका बारे टेलिफोनबाट मौखिक जानकारी गराउछन। राती अवेर भएको हुँदा प्रहरी विहानै उजुरी लिएर आउन निर्देशन दिन्छन्।

भाग १ : मिति २०७६ साल चैत ११ गते बाट तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्क प्रासद ओली उर्फ केपी ओलीले कोभिड – १९ को नाममा देशलाईनै लकडाउन गरि जनताको स्वास्थ्य एवम् जिबनरक्षाको लागि लडिरहेका बेला मिटरव्याजी बिरेन्द्र लाल श्रेष्ठ भने तत्कालीन कमलपोखरी बृतका डिएसपी विकका विरुद विभिन्न समाचार माध्यमलाई भ्रमछर्न सफल भई कपोलकल्पित ,भ्रामक समाचार प्रकाशित गर्न सफल भएका थिए।

नेपाल प्रहरीका उच्च अधिकारीहरुको लगानीमा गरीब,निमुखा व्यक्तिहरुलाई लगानी केन्द्रित गर्दै विगत २० वर्ष देखि गरीब हरुका रगत चुस्दै आएका श्रेष्ठका बारे समाचार प्रकाशित गरे पछि धम्की नदेलान भन्न सकिन्न। तर पनि उनै मिटरव्याजी श्रेष्ठले समाजका अति विपन्न परिवारलाई कसरी घाटसम्म पुर्याउन वाध्यपारेका छन त्यो भने खुलस्त पार्दै जाने छाैं। 

भोलिपल्ट विहान नहुदै उजुरीकर्ता ती युवक प्रहरीको सम्पर्कमा जांदैनन्। प्रहरी रनभुलमा पर्छन। राजधानीको ललितपुरमा बसोबार गर्ने उपेन्द्र (नाम परिवर्तन) को जिवनमा अघिल्लो विहिबारको सांझ यसै गरि बित्यो।

घटना भएको एक सातापछि सम्पर्कमा आएका ति युवकले नाम उल्लेख नगर्ने शर्तमा घटना बारे यसरी बेली बिस्तारले जानकारी गराए। मेरो नाम उपेन्द्र हो। म ३७ वर्षको भए। मेरो घर ललितपुर जिल्लामा पर्दछ। म सामान्य व्यापार व्यवसाय गर्दछु।

व्यापार गर्ने सिलसिलामा मलाई दुई वर्ष अघि साह्रै आर्थिक संकट आई पर्यो। साथीको सहयोगमा एक जना मिटरब्याजीकोमा पुगे। उनिबाट २० लाख रुपैंया सापटी लिए। यो २ वर्षमा मैले जायजेथा बेचेर ५५ लाखसम्म ब्याज तिरिसके।

हरेक महिना ब्याज तिर्न जाँदा एउटा डबल ब्यालेक लेवल समेत सित्तैमा पनि दिए। तर दुई वर्षको अवधिमा २० लाखको ५५ लाख नगद अनि २४ वटा डबल ब्यालेक लेवल हुस्कि पनि दिए तर अझै उनकाे धित मरेन।

अनि उनले मलाई एउटा काम छ भनि दरबारमार्गमा भेट्न बोलाए। मैले बिना सँकोच भेटे। भेटेपछि उनले आफ्नो गाडिमा हालेर सिधै वौद्ध चुच्चेपाटीको भाटभटेनी सुपर मार्केटको पांचौ तल्लामा पुर्याए।

अनि त्यहां करिव ५ घंण्टा कोठामा बन्धक बनाएर एउटा कागजमा ल्याप्चे लाउन उर्दि जारी गरे। मैले ल्याप्चे लाउन नमानेपछि मलाई लठ्ठीले हिर्काउने काम भयो।

एउटा वकिलले लेखेको कागजमा ल्याप्चे नगर्दा मेरो ज्यानै जाने डरले कुटपिट सहेर नेपाली कागजमा ल्याप्चे लगाउदै म रुँदै वाहिर निस्के।

मैले जानेसम्म नेपाली कागजमा लेखिएको थियो मैले अमेरिका पठाउन २० लाख रुपैंया लिएको र एक महिना भित्र उडाउन नसके ब्याजसहित फिर्ता गर्ने छु नसके कानुनी कार्वाही भोग्ने छु। वाहीर निस्किदा रातीको ९ बजिसकेको थियो।

वाहीर आएर एक जना पत्रकार दाईको सहयोग लिए। ती पत्रकार दाईले प्रहरीकोमा सम्पर्क गरिदिएपछि राती अबेर भएकाले अर्को दिन विहानै प्रहरीमा उजुरी गर्ने सहमती भयो।

प्रहरीमा मौखिक उजुरी गरेको सुचना ती व्यक्तिलाई पुगि सकेको रहेछ। मलाई त्यो राती घटना अन्यथा नमोड्न र अघि बनाएको कागज भोली विहानै च्यात्ने शर्तमा सके राती नै होईन भने विहानै भट्ने प्रसताव तारन्तार आफ्ना सहयोगीहरु मार्फत पुर्याइ रहे अन्त आर्को विहान मैले हार खाए। मैले उनलाई भेटे र प्रहरीमा उजुरी गरे अवस्था अर्कै हुन सक्छ,अघिल्लो राती बनाएको कागज उनले मेरै अगाडि च्याते।

उनले भने हिजो जे भयो सरी भाई अब तिमिले पैसा पनि तिर्नु पर्दैन। मैले कागज च्याते। प्रहरीमा उजुरी नगर है। म उसैको अगाडि दोहरिएको घटनाले अघिल्लो राती भएको घटना बिर्सिन बाध्य भए। र पनि अरु कसैले पनि यस्तो अवस्था भोग्नु नपरोस भनेर ढिलै भएपनि मिडिया मार्फत यो कुरा जानकारी गराउन लागेको छु।

तत्कालीन समयका पिडित उपेन्द्रको आग्रहमा हामीले उनको नाम गोप्य राखेका छौ आवश्यक परे सार्वजनिक गर्ने गरि। उनलाई अपहरण र  मिटर ब्याजमा पैसा लगानी गर्ने व्यक्ति हुन उग्रचण्डी २ कानपुर, काभ्रे घर भई काठमाण्डौमा बसोबास गर्ने विरेन्द्रलाल श्रेष्ठ।

लामो समयदेखि विभिन्न व्यक्तिहरुलाई मिटर र किलो मिटर ब्याजमा लगानी गर्दै आएका श्रेष्ठले रकम लगानी गर्ने र असुल्ने काईदा भने फरक किसिमको छ। प्रहरीका हाकिमहरुको नाम बेचेर उनले मिटर ब्याजबाटै करोडौ रकम समेत जम्मा गरेका छन।

रकम लगानी गर्ने बेला मै उनले भन्ने गरेका छन् यो फलाना एसपी, एसएसपीको रकम हो समय मै आएन भने सिधै प्रहरी खोरको बास हुन्छ। उनले नेपाल प्रहरीमा चल्तिका धेरै जसो प्रहरीको नाम पनि बेचेका छन्।

केहि वहाल तथा भुतपूर्व प्रहरी अधिकृतको लगानी समेत उनि मार्फत गरेका छन् तर लगानी नगरेका प्रहरी अधिकृतहरुको पनि उनले नाम लिएर ऋणीलाई तर्साउने गरेका छन्।

प्रतिक्रियामा विरेन्द्रलाल श्रेष्ठले आफुले कसैलाई रकम लगानी नगरेको तथा कसैलाई बन्धक पनि नबनाएको प्रतिक्रिया दिएका छन्। तर  महानगरिय अपराध महाशाखा टेकुमा कार्यरत प्रहरी प्रमुखले विरेन्द्रलाल श्रेष्ठ चर्को ब्याजमा लगानी गर्ने व्यक्ति भएको दाबी गरेका छन्।

कहिले हतियार देखाएर त कहिले बन्धक बनाएर चर्को ब्याजमा लगानी गरेको रकम असुल गर्दै आई रहेको भएपनि उजुरीकर्ता नआँउदा उनिमाथि कार्वाही गर्न समस्या भएको तत्कालीन महानगरिय अपराध महाशाखाका प्रमुखले जानकारी दिएका थिए।

उनले त्यस्तै सुचनाका आधारमा विरेन्द्रलाल श्रेष्ठको लाईसेन्सवाल हतियार महाशाखाले खोसेको तथा उजुरीकर्ता आए उनिमाथि थप कार्वाहीका लागी तयार रहेको जानकारी दिए। मिटर व्याजीका नाइके श्रेष्ठको बारेमा विगत देखि वर्तमान सम्मका कालाकर्तुत बारे समाचार प्रकाशित गर्दै जानेछाैं।