सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार, तेजावी सुनको मूल्य १ लाख २० हजार ४ सय र चाँदीको मूल्य १ हजार ४६० रुपैयाँ तोकिएको छ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५००, तेजावी सुनको मूल्य १ लाख १९ हजार ९०० र चाँदीको मूल्य १ हजार ४५५ रुपैयाँ तोकिएको थियो।