प्रहरीकै संरक्षणमा बिरेन्द्रलाल श्रेष्ठको मिटरव्याजी धन्दा: गृहमन्त्री श्रेष्ठ मेरा मामा हुन भन्दै चलाए आतंक

काठमाडौं। काभ्रेपलान्चोक जिल्लाको अति विकट स्थान कानपुरमा जन्मिएका बिरेन्द्र लाल श्रेष्ठ उर्फ मिटर व्याजका नाइके जसले नेपाल प्रहरीकै सेटीङ्गमा हजारौंलाई घरवार बिहिन बनाएको समाचार प्राप्त भएको छ। 

मिटर व्याजी श्रेष्ठले नेपाल प्रहरीकै आडमा विगतकेही वर्ष देखीनै नेपाल प्रहरीकै उच्चअधिकारीहरुक‍ो संरक्षणमा गरिव निमुखाहरुलाई ऋणको नाममा घरवारविहीन बनाउँदै आएका छन्।

विगतमा ट्याम्पु चालक समेत रहेका श्रेष्ठ तत्कालीन काठमाडौ जिल्ला प्रहरी प्रमुख समेत रहेका हनुमानढोकाका डिएसपी किरण गौतमको सम्पर्कमा पुगेपछि उनको अपराध कर्मको सुरुवात भएको उनी निकट जानकारहरुले बताउने गरेका छन्।

सुरुवाती क्रममा हालका मिटर व्याजी श्रेष्ठ सामान्य यातायात चालक रहेको र पछी स्वयं तत्कालीन हनुमानढोकाका डीएसपी गौतमको आडपछि श्रेष्ठ अपराध कर्ममा लागेका सोर्तको दाबी छ।

शक्ति ,सत्ता र पहुँचको भरउपयोग गर्दै आएका ल्याप्चेछाप श्रेष्ठ काभ्रेका अति विपन्न परीवारका साथै खरखजनाको लागी काठमाडौ भित्रएका उनी निकट जानकाहरुले बताउँदै आएका छन।काभ्रेपलान्चोकजिल्ला उग्र चण्डी ,२ कानपुरमा जन्मिएका श्रेष्ठको शिक्षा भने शुन्य रहेको उनिनिटक आफन्तहरुले बताउँदै आएका छन।

यस्तै अनुपढ र गरिवीको रेखामुनि रहेका एक सवारी चालकलाई नेपाल प्रहरीको उच्च ओहदामा रहेका पुर्व आइजिपी ठाकुर ज्ञवाली,पुर्व एआइजी नवराज ढकाल,पुर्व डिआजी भोगबहादुर थापा,एआइजी श्याम ज्ञवाली,विगत केहिदिन अगाडि ललितपुर जिल्लाका प्रहरी प्रमुख समेत रहेका र हाल कार्वाहीमा परेका एसएसपी सिद्धीविक्रम शाहका साथै नेपाली सेनाका उच्च अधिकारीहरुको समेत रकम मिटरव्याजमा लिई उनले चक्करवर्ती मिटरव्याजमा लगाई गरीवहरुलाई रोडमा पुर्याएका पिडितहरुले बताएका छन्।

शक्ति,सत्ता र नेपाल प्रहरीकै पहुँचमा दिनदहाडै गुण्डागर्दी गर्दै गरिबहरुको छाक खोसी लुटिएको पैसाले मिटर व्याजी बिरेन्द्र लाल श्रेष्ठले काठमाडौंको निलोपुल नजिकै सुकेधारामा करिब १ रोपनी जग्गाको क्षेत्रफलमा लुक्ने भव्यमहल बनाएको समेत सोर्तको दावी छ।