एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेको भारतका विदेशमन्त्री एस जयशंकरले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।

आज (बिहीबार) साँझ जयशंकर र ओलीबीच बत्तिसपुतलीस्थित होटल द्वारिकामा भेटवार्ता भएको हो। उनीहरूबीच दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ।

नेपाल९भारत परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार बिहान नेपाल आइपुगेका हुन्।

उनले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटिसकेका छन्।