पत्रकार पुडासैनीलाई न्याय नदिलाएका चितवनबासी आज आफैं लामिछानेबाट पीडित,अब गर्लान् त विरोध ?

फाइल तस्वीर

सार्वजनिक पदमा बसेको व्यक्तिमाथि भ्रष्टाचार, घुस वा ठगीसम्बन्धी आरोप लागेमा नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्छ। आफुमाथि लागेको आरोप छानबिन गर्नका लागि बाटो खुलाइदिनुपर्छ। एउटा उदाहरण नै भन्नुपर्दा तत्कालिन सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटालाई ७० करोड भ्रष्टाचार आरोप लाग्यो।

भ्रष्टाचार आरोप लाग्नेबित्तिकै उनले मन्त्री पदबाट राजीनामा दिए। पछि अदालतले उनलाई सफाई दियो। आरोप प्रमाणित भएन। यता, तत्कालिन कानूनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शास्त्र अध्ययन गर्न गएका विद्यार्थीको बारेमा विवादित अभिव्यक्ति दिनेबित्तिकै पदबाट राजीनामा दिएका थिए।

केही वर्षअघि कृषिमन्त्रीले धान दिवसको दिन धान रोप्ने क्रममा एक महिलालाई अँगालो हालेको अदृश्य विवादित भएपछि उनले पनि पदबाट राजीनामा दिए।

त्यस्तै, तत्कालिन सभामुख कृष्णबहादुर महराले पनि आफुमाथि बलात्कारको आरोप लाग्नेबित्तिकै पदबाट राजीनामा दिएका थिए। उनी जेल पनि गए। पछि अदालतले उनलाई सफाई दियो।

महोत्तरीबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइलीलाई सशस्त्रका असई मारेको आरोप लाग्यो। आरोप लागेकै भरमा तत्कालिन गृहमन्त्री रवि लामिछानेले उनी पक्राउ पूर्जी जारी गराए। त्यसपछि कोइली फरार भए। ०७४ सालको निर्वाचनमा रेशम चौधरीले टिकापुरबाट चुनाव जिते।

०७२ भद्रौ ०७ गते उनलाई दुधे बालकसहित प्रहरी हत्याको आरोप लाग्यो। त्यसपछि उनी सदन नगई सिधैं जेल गए। माओवादीले जनयुद्ध सुरु गरेको थियो। तर, जनयुद्धमा मान्छे मारेको आरोपमा ०६४ सालमा निर्वाचित केही सांसद जेल जानुपप्यो। सार्वजनिक पदमा बसेका धेरै व्यक्तिहरुले आफुमाथि आरोप लाग्नेबित्तिकै राजीनामा दिएको पाइन्छ।

उनीहरुले आफुमाथि छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन राज्यलाई सहयोग गरेको देखिन्छ। पूर्व गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणर्थी प्रकरणमा जेल नै गए। अहिले उनी तारिखमा छुटेका छन्। तर, उनी दोषी हुन् कि निर्दोष भनेर त अदालतले फैसला सुनाउन बाँकी नै छ नि।

जहिल्यै पुराना राजनीतिक दलको विरोध गर्ने र अरुलाई नैतिकताको कुरा सिकाउने रास्वपाका सभापति रवि लामिछानेमाथि अहिले सहकारीमार्फत करोडौं बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ। के अब उनले नैतिकताको आधारमा सांसद पदबाट राजीनामा दिनुपर्दैन ?

हिजो पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या प्रकरणमा त उनी जसोतसो बचे। आफु कार्यरत टेलिभजनलाई भप्याङ र राजावादी र सोझा जनताको प्रयोग गरेर पुडासैनीको केसमा त उनी सजायको भागिदार हुनबाट जोगिए । तर, अब कसरी जोगिन्छन्।

अहिले त उनले आफुलाई चुनाव जितेका जनताको नै रुवाबासी गराएका छन् । त्यसकारण अब उनी कानूनको नजरबाट धेरै समय बच्न सक्दैंनन् । पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि तयार गरेको भिडियो सञ्चारमाध्यमहरुले फेरि पनि सार्वजनिक गर्नुपर्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका आइजीपी बसन्त कुँवर, प्रधानन्यायाधीश विश्वम्वरप्रसाद श्रेष्ठसम्म त्यो भिडियो पुप्याउनुपर्छ।

राष्ट्रपति रामचन्द्र पौडेलले चेतन अयडीका हत्यारा योगराज ढकाल रिगललाई संविधान दिवसको दिन मन्त्रिपरिषद्को सिफारिसमा उनको कैद सजाय मिनाहा गरेपछि चेतनकी पूर्वपत्नी भारती माइतीघर मण्डलामा अनशन बसिन्।

पछि अदालतले उनलाई सफाइ दिएपछि उनले अदालतको ढोका ढोगिन् । पत्रकार पुडासैनी गरिब घरपरिवारका थिए । पुडासैनीले आत्महत्या गरेपछि प्रमाण हुँदाहुदैं पनि उनी र उनको परिवारले न्याय पाएनन् । किनकि उनको घरपरिवारलाई न सञ्चारमाध्यमले साथ दियो न आम सर्वसाधारणले।

यता, अदालत र प्रहरी प्रशासन त झन् रवि लामिछानेसँगै बिक्यो। पुडासैनी पनि नेपाली नागरिक थिए। राजनीतिक दललाई भोट दिएका थिए। राष्ट्र र जनताको हितको लागि कलम चलाउदैं आएका थिए। किनकि उनी पनि पत्रकार नै थिए। तर, पत्रकार हुनुअघि उनको जीवनको शाप हुन पुग्यो।

रवि लामिछानेसँगको भेटले उनलाई मृत्युको मुखबाट पुप्यायो । उनलाई पनि त बाँच्न मन थियो होला । उनलाई रविले उनलाई बाँच्नै दिएनन्। आत्महत्याको बाटो रोज्न बाध्य बनाए। प्रहरीले शंकाकै भरमा मानिसलाई समात्छ। र, अदालतमा लगेर म्याद थप गरी अनुसन्धान गर्छ।

अनुसन्धानको क्रममा केही नभेटिएपछि प्रहरीले जबरजस्ती उसलाई कुनै आरोप लगाइदिएर जेल पठाइदिन्छ। कृष्णबहादुर महराले डिल्लीबजार जेलबाट निस्कदा भनेका थिए, ‘९० प्रतिशत निर्दोष व्यक्ति जेलबाट छन्। अब उनीहरुको लगिआवाज उठाउछु, लड्छु। तर, जेलबाट निस्किएपछि उनले यो कुरा बिर्सिए।

बुढोपाकाले भन्थे, ‘ठूलोलाई चेन, सानोलाई ऐन। अहिले यो सत्य प्रमाणित भएको छ। पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि आफुलाई मर्न बाध्य बनाउने रवि लामिछाने रहेको भनेर प्रमाण छोड्दाछोड्दै पनि चितवन जिल्ला अदालतले लामिछानेलाई सजाय दिनुको साटो तारिखमा छोड्यो। तारिखमा छुटेपछि प्रहरी प्रशासन, अदालत र पुडासैनीको परिवारलाई चूनौती दिदैं लामिछानेले चितवनमै कार्यक्रम आयोजना गरे।

राष्ट्रपतिबाट आममाफी पाएर जेलबाट बाहिरिएका केही व्यक्ति जेलबाट निस्किएको केही दिनमै मान्छे मारेको आरोपमा फेरि पनि जेल गए ।
त्यसरी नै अदालतले लामिछानेलाई तारिखमा नछोडी जेल पठाएको भए आज न चितवनका जनताको अर्बो पैसा डुब्यो न त्यो निर्दोष ड्राइभर नै मर्नुपथ्र्यो ।

न चितवनमा उपनिर्वाचन गराउन जनताको करोडौं कर खर्च नै हुन्थ्यो । अनि यसको जिम्मा कसले लिने ? राजनीतिक पहुँच र पैसाको आडमा अपराधीलाई जेल नपठाई छोडिदिँदा आज एकपछि अर्को काण्ड हुदैंछन् ।

मुलुकमा रोजगारी नभएपछि रोजगारीका लागि कोरिया जान पाउँ भन्दै प्रदर्शन गर्दा बालकुमारीमा दुई युवकले प्रहरीको गोलीबाट ज्यान गुमाउनुपप्यो।

अस्पतालको स्तरोन्नतीको लागि आन्दोलन गर्दा पनि प्रहरीकै गोलीबाट एक जनाको ज्यान गयो । ०५८ सालमा अमेरिका गएका लामिछाने ०७१ सालमा भिजिट भिसामा नेपाल फर्किएका हुन् ।

मुलुकको राजनीतिक परिवर्तनमा उनको कुनै पनि योगदान छैन। मुलुकको राजनीतिक परिवर्तनमा उनी र उनको परिवार अमेरिकामा मोजमस्ती गरिरहेका थिए। पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियो भनिएको छ कि लामिछानेको दुई वटा नागरिकता र पासवोर्ड छ। उनले गैरकानूनी रुपमा अकुंत सम्पत्ति आर्जन गरेका छन्।

विडम्बना, त्यतिबेला पुडासैनीको त्यो भिडियोलाई राजनीतिक पहुँच र पैसाको आडमा गल्त वा झुटो सावित गरियो। तर, पछि दुई वटा नागरिकता भएकै कारण लामिछानेले गृहमन्त्रीसहित सांसद र पार्टीको सभापति पद गुमाउनुपप्यो। अदालतले नै पुडासैनीको त्यो भिडियो सत्य प्रमाणित गरिदियो।

यसबारे फेरि पनि छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ । पुडासैनी न्याय पाउनैपर्छ। र, रवि लामिछानेजस्तो अपराधी व्यक्तिलाई जेल हाल्नैपर्छ। अधिवक्ता युवराज सफल लामिछानेको दुई वटा नागरिकता रहेको भन्दै अदालतमा मुद्दा हाले।

अदालतले लामिछानेसँग दुई वटा नागरिकता रहेको भन्दै गृहमन्त्री, सांसद र पार्टी सभापति पदबाट उनलाई मुक्त गरायो। आफुले तीन वटै पद गुमाएपछि उनले सञ्चारमाध्यमहरुलाई गाली गर्नु गरे। आफ्नो गल्ती स्वीकार्नुको साटो उनले सञ्चारमाध्यममाथि हिलो छ्याप्ने काम गरे।

के सञ्चारमाध्यमले उनलाई दुई वटा नागरिकता लिनु भनेको थियो ? के पत्रकार पुडासैनीलाई मार्नु भनेको थियो ? नेपालको संविधान नमान्नु भनेको थियो र ? पछि नेपालको संविधान मान्छु भन्दै लामिछानेले सिडियो कार्यालयबाट नागरिकता लिए।

सरकारको तथ्ंयाकले जनता शिक्षित भइसकेको देखाउँछ । तर, चितवनबासी अहिले पनि अशिक्षित र सहीलाई सही र गल्तलाई गल्त भन्न नसक्नृे रहेछन्। रवि लामिछानेजस्तो व्यक्तिलाई फेरि पनि दोहोप्याएर चुनाव जिताए।

अहिले मुलुकभरका जनता गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सोध्छन्, ‘जनताको पैसा डुबाइदिने रवि लामिछानेलाई कहिले समात्ने ? पुडासैनीले कहिले न्याय पाउने ? अब कित लामिछानेलाई तत्काल समात्नुस्। नत्र पदबाट राजीनामा दिनुस्।

लामिछानेलाई समात्नेबित्तिकै जीवी राई पनि पक्राउ गर्ने जनता बताउँछन्। सहकारीमन्त्री रन्जिता श्रेष्ठ र सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेले लामिछानेलाई तत्काल पक्राउ गर्न सिआइबीलाई पत्र लेख्नुपर्छ। सभामुख देवराज घिमिरेले लामिछानेलाई सांसद पदबाट निलम्बन गर्नुपर्छ।

लामिछानेलाई कानूनी दायरमा ल्याउन सबै एकजुट हुने कि अझै पनि लामिछानेको सामु प्रहरी प्रशासन, अदालत र सरकार लम्पसार पर्ने। लामिछानेको विरोधमा अब जनता सडकमा उत्र्रिनुपर्छ। र, सञ्चारमाध्यमहरुले पनि उनीहरुको साथदिनुपर्छ।