कर्णाली प्रदेश लोकसेवा आयोगले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं । कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न २४ पदका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको छ। आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ पदका लागि दरखास्त आह्वान गरेको हो।

आयोगले कर्णालीका विभिन्न स्थानीय तहमा रिक्त पदहरूका लागि यो दरखास्त आह्वान गरेको हो। न्यूनतम योग्यता पुगेका नेपाली नागरिकले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन्।