दाङ दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचार गर्न निर्देशन

दाङ। संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिएकी छन्।

मन्त्री शर्माले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको संचार मन्त्रीको सचिवालयले जनाएको छ। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन्।

बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेको थियो। सो दुर्घटनामा परी १२ यात्रुको मृत्यु भएको थियो भने २३ जना घाइते भएका छन्।