फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने माओवादीको निर्णय

फाइल तस्वीर

काठमाडौं। माओवादी केन्द्रले अगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय गरेको छ। शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेमा माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान अधिवेशन गर्ने मिति तय गरेको हो।

यसअघि स्थायी कमिटी सदस्य पम्फा भुसालको नेतृत्वको ७ सदस्यीय टोलीले विधानको मस्यौदा बुझाएको थियो। सो मस्यौदा तल्लो तहका कमिटीहरूमा छलफलका लागि २१ दिन समय दिने निर्णय भएको छ।

यस्तै पार्टीको सात वटै प्रदेशबाट पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका छन्।