टुँडिखेलको भीडमा चेपिएर ८ जना घाइते

काठमाडौं। काठमाडौंको टुँडिखेलमा अत्यधिक भीडभाडमा चेपिएर ८ जना घाइते भएका छन्। माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भीडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जनाएकाे छ। उनीहरुको अवस्था सामान्य रहेकाे छ।

भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा बढेको भीडमा उनीहरु चेपिएका प्रहरीले जनाएको छ।