रास्वपाका २१ नेता कार्यकर्ताद्वारा पार्टी परित्याग

बर्दिया। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा पदीय ध्वाँस, हैकमवादी चरित्र, धम्कीपूर्ण व्यवहार र गुटउपगुट मौलाएको भन्दै बर्दियाका २१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

बर्दियाको गुलरिया नगरपालिका–४ का २१ जना अगुवा नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन्। उनीहरूले पार्टीका जिल्ला संयोजकलाई सम्बोधन गरेर पार्टी परित्या गरेको पत्रमा उल्लेख छ।

पार्टी छाड्नेमा रास्वपाका वडा सभापति प्रेमबहादुर खड्का, सहसचिव दीपेन्द्रप्रसाद लामिछाने, गुलरिया नगर कमिटी सदस्य उमेश यादव लगायतले पार्टी छाडेको भन्दै बोधार्थ नगर समिति,प्रदेश समिति, केन्द्रीय समितिलाई दिएका छन्।