प्रहरीकै एक कर्मचारी र वाइसीएलका नेता मिलेर स्पाको नाममा यौन धन्दा चलाउदै,के कारबाही होला त?

काठमाडौं। काठमाडौंको बौद्धमा सञ्चालित कुल हेल्थ स्पामा एक प्रहरी कर्मचारीले नै सञ्चालन गरेको पाइएको छ। उक्त स्पा प्रहरीमा कार्यरत एक कर्मचारीको नाममा दर्ता गरेर सञ्चालन गरेको पाइएको हो।

शान्ति सुरक्षा दिने प्रहरी कर्मचारीले नै स्पा सञ्चालन गरे यौन व्यवसाय सञ्चालन गरेको रहस्य खुलेको छ। देशकै शान्ति सुरक्षाको जिम्मा लिएका प्रहरी कर्मचारीले नै खुल्म खुल्ला बालबाललिकालाइ प्रयोग गरेर यौन व्यवसायमा लगाउनु कतिको जाहेज होला।

यस्ता कार्य रोक्नु पर्नेमा उल्टै प्रहरीले नै स्पा दर्ता गरि सञ्चालन गर्नु यो त अति नै भएन र? सर्वसाधारण जनतालाइ कानुनी कारबाहीको रटान लागउने प्रहरीले नै यस्ता नियम बिपरित हुने कार्यमा संलग्न हुनु पक्कै पनि राम्रो कुरा होइन।

त्यस्तै सरकारको नुन पानि खाएर जनताको सेवा गर्नु पर्ने राष्ट्र सेवक कर्मचारीले यसरी स्पाको नाममा बालबालिकालाइ यौन व्यवसायमा संलग्न गराउनु नियम कानुन बिपरित भएको देखिन्छ।

सो कार्य रोक्नु पर्ने प्रहरी कर्मचारी नै यस्ता व्यवसायमा संलग्न हुनु दुखद कुरा हो। यस्ता व्यवसायमा संलग्न प्रहरीलाइ के प्रहरीले नै कारबाही गर्ला त? यस्तो कार्य रोक्न प्रहरीले सक्ला त? यस्ता तनाम प्रश्न उठ्ने निश्चित भएको छ।

स्पाको नाममा अहिले बालबालिकाको प्रयोग गरेर यौन धन्दा सञ्चालन गरेको विभिन्न मिडियाहरूमा आएका समाचारहरूले पनि पुष्टि गरिसकेकाे अवस्थामा प्रहरी कर्मचारीले नै सञ्चालन गर्नु रहस्यमय देखिएकाे छ। 

प्रहरी कर्मचारीले नियमन गर्नु पर्ने ठाउँमा छिट्टै धनि बन्ने सपना देखेर स्पाको नाममा यौन व्यवसाय सञचालन गरेको देखिन्छ।  १५-१६ बर्षका कलिला युवतीहरूको प्रयोग गरेर स्पा सेन्टरहरूले खुल्म खुला यौन व्यवसाय नै सञ्चालन गर्नु कुनै पनि काेणबाट राम्रो मान्न सकिदैन।

त्यस्तै एक जना वहाल वाला प्रहरी कर्मचारी र अर्का माओवादीका वाइसिएल जिल्ला नेताकाे संलग्नता अहिले कुल हेल्थ स्पा सञ्चालन गरिरहेकाे नाम नबताउने सर्तमा एक कर्मचारीले हामीलाइ बताएकी छन्। उनले भनिन्न उहाँहरू त पावर भएकाे मान्छे हाे रे प्रहरी हाम्राे स्पामा आउन सक्दैन मेराे पार्टीका नेता गृहमन्त्री छन्।

मैले एक कल फाेन गरे पुग्छ भन्दै आफ्ना कर्मचारीलाइ ढुक्क भएर जतिसक्दो ग्राहकलाइ खुशी बनाउनु पर्छ भन्नु भएकाे छ। काेही कसैसँग नडराउनु प्रहरी आए पनि मलाइ एक कल फाेन गर्नु साउनीले पनि भन्ने त्यही हाे म प्रहरी मै छु जाे आएपनि मलाइ फाेन गरि हाल्नु  केही फरक पर्दैन भन्ने हामी स्टापहरूलाइ निर्देशन दिनु भएकाे छ। उनले भनेकी छन्। 

याे मसाज भने पनि याैन व्यवसाय चलाउने काेठी जस्तै भएकाे छ। के गर्ने आफ्नाे ज्यान पाल्न पनि यस्ताे जागिर गर्नु परेकाे छ। घरका मान्छेले थाहा पाए भने त मलाइ मार्छन् दाइ मेराे नाम नभन्दीनु हाेला है भन्दै अनुनय विनय गरिरहेकी थिइन। काम नगराै अरू केही काम पाइदैन गराै साउजीले भने अनुसारकाे काम गर्नै पर्याे हाेइन भने भाेलीदेखि काममा नआउनु भन्नु हुन्छ के गर्ने बाध्यता छ दाइ भन्दै गुनासो गरिन।हामी छाेटाे कुरा गरेर उनिसँग छुटिएका थियाैें। 

नेपाल प्रहरीकाे सेवामा रहेका प्रहरी कर्मचारीले कम्पनी दर्ता गरेर यसरी व्यवसाय सञ्चालन गर्नु कानुन विपरीत रहेको देखिन्छ। के प्रहरीमा रहदै गर्दा आफ्नो पदको यसरी दुरुपयोग गर्न मिल्छ त? र सरकारकाे कुनै पनि जागिरमा संलग्न व्यक्तिले आफ्नो नाममा यसरी कम्पनी दर्ता गरि चलाउन पाउने कुनै पनि छुट छैन। यस्ता कर्मचारीलाई तत्काल कानुनी कारबाही हुनुपर्छ।